Accessibility Mode सुरु गर्नुहोस्
मुख्य सामाग्री पढ्नुहाेस् मुख्य नेभिगेसन पढ्नुहाेस् वेबसाइट खोजमा जानुहोस् वेबसाइट खोजमा जानुहोस्
Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, प्युठान

Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, प्युठान

बुधबार, असार १०, २०८३

पहुँचयोग्यता मेनु

Website Language (भाषा)

You're viewing the website in Nepali Language. हालको भाषा नेपाली हो

Change to English

फन्ट साइज (अक्षरको आकार)

रङ्ग मोड/फिल्टर

प्रोटानोपिया (रातो कमजोरीका लागि), ड्युटेरानोपिया (हरियो कमजोरीका लागि), ट्राइटानोपिया (निलो कमजोरीका लागि)। थप पढ्नुहोस

ब्यान्डविथ

न्युन व्यान्डविथ मोडमा तस्विर तथा फाइल लोड नहुँदा मोबाइल डाटा कम खपत हुन्छ साथै वेबसाइट चाँडो लोड हुन्छ न्यून व्यान्डविथ

थप सुबिधा

पहुँचयोग्य मोड वेबसाइटको डिजाइन भन्दा सामग्री सहज/पहुँचयोग्य तवरले ग्रहण गर्ने विषयमा केन्द्रित हुन्छ

यस आर्थिक बर्षको चौथो घुम्तीशिविर सम्पन्न

2075-10-29

2075-10-29



जिल्ला सदरमुकाममा रहेका कार्यालयबाट प्रदान हुने सेवालाई नागरिकको घरदैलोसम्म पुर्‍याई सहज ढंगबाट एकै थलोबाट धेरै सेवाहरु एकीकृत रुपमा उपलब्ध गराई गाउँघरमै सरकार पुगेको अनुभूति गराउने उद्देश्यले जिल्ला प्रशासन कार्यालयको आयोजना तथा नाैबहिनी गाउँपालिकाको सहआयोजनामा मिति २०७५ माघ २६ र २७ गते नौबहिनि गाउँपालिकाको बहानेमा सञ्चालन भएको सार्वजनिक सुनुवाई सहितको एकीकृत घुम्ती शिविरमा देहायको कार्यालयबाट देहाय बमोजिमका सेवाहरु प्रदान गरिएको छ:
१. जिल्ला प्रशासन कार्यालयबाट २१९ नयाँ नागरिकता वितरण
२. जिल्ला निर्वाचन कार्यालयबाट २११ जनाको मतदाता नामावलीमा नाम दर्ता
३. जिल्ला प्रहरी कार्यालयबाट शान्ति सुरक्षा र अपराध नियन्त्रणसम्बन्धी चेतनामूलक भिडियो मार्फत करिब ३०० जनालाई सचेतना प्रदान
४. घरेलु तथा साना उद्योग विकास समिति मुख्य शाखा कार्यालयबाट ३० परामर्श सेवा, १ बाणिज्य फर्म दर्ता, १ उद्योग दर्ता
५. गाउँपालिकाको तर्फबाट 
क) १६ वटा अपाङ्ग परिचय पत्र वितरण
ख) आयुर्वेद स्वास्थ्य परीक्षण र औषधी वितरण १०० जना
ग) कृषिसम्बन्धी सेवा र बिउविजन वितरण ६४६ जना
घ) ४४०५ पशुपंक्षिका लागि २२१ परिवारलाई पशुका लागि औषधि वितरण

साथै सार्वजनिक सुनुवाईका क्रममा उठेका प्रश्न तथा जिज्ञासाको प्रमुख जिल्ला अधिकारी श्री बद्रीनाथ गैह्रे र नौबहिनि गाउँपालिकाका अध्यक्ष श्री शिव रिजालले जवाफ दिनुभएको थियो ।

पछिल्लो अपडेट गरिएको : 2083-03-08 11:29:06

© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, प्युठान .