सातौं एकीकृत घुम्तिशिविर सम्पन्न
2076-02-05
2076-02-05
तस्बिर :
सातौं एकीकृत घुम्तिशिविर सम्पन्न
जिल्ला प्रशासन कार्यालय प्यूठानको आयोजना तथा प्यूठान नगरपालिकाको सहआयोजनामा प्यूठान नगरपालिका वडा नं ५ स्थित ढुङ्गेठाँटीमा यस आर्थिक बर्षको सातौं एकीकृत घुम्तिशिविर मिति २०७६ जेठ ४ गते सम्पन्न भएको छ । उक्त घुम्तिशिविरको उद्घाटन प्रमुख जिल्ला अधिकारी श्री बद्रीनाथ गैह्रले नागरिकता प्रदान गरेर, प्यूठान नगरपालिकाका प्रमुख अर्जुन कुमार कक्षपति र उपप्रमुख शान्ता आचार्यले कृषि विउविजन तथा जैविक किटनाशक औषधी प्रदान गरेर संयुक्त रुपमा गर्नुभएको थियो ।
उक्त शिविरमा देहायका निकायबाट देहायका सेवा प्रदान गरिएको थियो:
१ जिल्ला प्रशासन कार्यालयबाट १०३ जनालाई नयाँ नागरिकता वितरण
२ जिल्ला निर्वाचन कार्यालयबाट १२३ जनाको मतदाता नामावली दर्ता
३ जिल्ला प्रहरी कार्यालयबाट २५० जनालाई सचेतना प्रदान
४ प्यूठान नगरपालिकाबाट
(क) जेष्ठ नागरिक परीचयपत्र वितरण ८२ जना
(ख) विउविजन तथा जैविक कीटनाशक औषधी वितरण ३६७ जना
(ग) स्वास्थ्य परीक्षण तथा औषधी वितरण २३५ जना
(घ) आँखा परीक्षण १३५ जना
