Accessibility Mode सुरु गर्नुहोस्
मुख्य सामाग्री पढ्नुहाेस् मुख्य नेभिगेसन पढ्नुहाेस् वेबसाइट खोजमा जानुहोस् वेबसाइट खोजमा जानुहोस्
Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, प्युठान

Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, प्युठान

बुधबार, असार १०, २०८३

पहुँचयोग्यता मेनु

Website Language (भाषा)

You're viewing the website in Nepali Language. हालको भाषा नेपाली हो

Change to English

फन्ट साइज (अक्षरको आकार)

रङ्ग मोड/फिल्टर

प्रोटानोपिया (रातो कमजोरीका लागि), ड्युटेरानोपिया (हरियो कमजोरीका लागि), ट्राइटानोपिया (निलो कमजोरीका लागि)। थप पढ्नुहोस

ब्यान्डविथ

न्युन व्यान्डविथ मोडमा तस्विर तथा फाइल लोड नहुँदा मोबाइल डाटा कम खपत हुन्छ साथै वेबसाइट चाँडो लोड हुन्छ न्यून व्यान्डविथ

थप सुबिधा

पहुँचयोग्य मोड वेबसाइटको डिजाइन भन्दा सामग्री सहज/पहुँचयोग्य तवरले ग्रहण गर्ने विषयमा केन्द्रित हुन्छ

प्यूठानमा सवारी दुर्घटना

2078-01-02

2078-01-02


 

प्यूठान सवारी दुर्घटना सम्बन्धी टिपोट:

मिति २०७८/०१/०१ गते ११:३० बजेको समयमा जिल्ला प्यूठान स्वर्गद्वारी नगरपालिका वडा नं. २ रुमाले भन्ने स्थानमा जिल्ला गुल्मी रेसुङ्गा नगरपालिका वडा नं. ८ लाकुरी मन्चबाट स्वर्गद्वारी दर्शन गर्न आएका लु १ ज १६५५ नं. को जिप बाटोदेखि अन्दाजी १५० मिटर तल खस्दा जिपमा सवार १६ जनामध्ये ५ जनाको मृत्यु भएको र ११ जनाको घाइते भई घाइतेलाई उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र भिंगृमा उपचार पश्चात थप उपचारका लागि प्र.जि.अ. खिमराज भुसालज्यूको विशेष अगुवाइमा ६ जनालाई काठमाण्डौँ तर्फ डेलिकप्टरबाट लगिएको।

 

मृत्यु

१. जिल्ला गुल्मी मुसिकोट न.पा.-३ बस्ने बर्ष २२ को केशव कार्की (चालक) - मृत्यु

२. जिल्ला गुल्मी धुरकोट गा.पा.-७ बस्ने जिल्ला प्रशासन कार्यालय गुल्मीमा खरिदार पदमा कार्यरत बर्ष अं.३६ को ईश्वरी भण्डारी मृत्यु ।

३. जिल्ला स्याङ्जा घर भई हाल जिल्ला प्रशासन कार्यालय गुल्मीमा प्रशासकिय अधिकृत पदमा कार्यरत बर्ष ३९ को श्याम न्यौपाने  मृत्यु  ।

४. जिल्ला गुल्मी मालिका गा.पा.- ७ बस्ने जिल्ला प्रशासन कार्यालय गुल्मीमा खरिदार पदमा कार्यरत बर्ष अं.२८ को यमलाल पन्थी  मृत्यु

५. जिल्ला गुल्मी रेशुङ्गा न.पा. ७ बस्ने जिल्ला प्रशासन कार्यालय गुल्मीमा कम्प्युटर अपरेटर पदमा कार्यरत बर्ष अं. ३६ को सुर्य पन्थी मृत्यु ।

घाईतेहरु

१. जिल्ला गुल्मी रेशुङ्गा न.पा.-४ बस्ने बर्ष २३ की सुनिता कडेल - ( अवस्था मध्यम )

२. ऐ.ऐ. बस्ने बर्ष २९ की बसन्ती पौडेल - (अवस्था मध्यम )

३. ऐ.ऐ.बस्ने बसन्ती पौडेल की छोरी बर्ष ४ की निकिता पौडेल- (अवस्था सामान्य )

४. ऐ.ऐ.बस्ने बर्ष ३० की गिता बोहरा (मुखिया) - (अवस्था मध्यम )

५. ऐ.ऐ. बस्ने बर्ष ३० की गिता बोहरा (मुखिया) को छोरा बर्ष १० को अनिस मुखिया – (अवस्था सामान्य )

६. जिल्ला गुल्मी चन्द्रकोट गा.पा.-८ बस्ने बर्ष २४ की तारा भण्डारी - (अवस्था मध्यम )

७. ऐ.ऐ. बस्ने बर्ष ६ को आशिष भण्डारी - (अवस्था सामान्य )

८. जिल्ला गुल्मी मुसिकोट न.पा.-६ बस्ने बर्ष ३३ को दिल बहादुर थापा - ( अवस्था मध्यम  )

९. ऐ.ऐ.बस्ने बर्ष २७ की कमला पन्थी (ज्ञावली)  - (अवस्था मध्यम )

१०. ऐ.ऐ. बस्ने बर्ष १२ को सार्थक ज्ञावली - (अवस्था गम्भिर )

११. जिल्ला प्यूठान मल्लरानी गा.पा.-३ बस्ने बर्ष ३७ को सन्जिव परियार - (अवस्था गम्भिर )

१२. जिल्ला अर्घाखाँची छत्रदेव गा.पा.-८ बस्ने बर्ष २५ की मुना पाण्डे – ( अवस्था मध्यम )

उद्धार गरिएको तस्विर हेर्न यहाँ क्लिक गर्नुहोस् ।

पछिल्लो अपडेट गरिएको : 2083-03-08 11:29:06

© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, प्युठान .