Accessibility Mode सुरु गर्नुहोस्
मुख्य सामाग्री पढ्नुहाेस् मुख्य नेभिगेसन पढ्नुहाेस् वेबसाइट खोजमा जानुहोस् वेबसाइट खोजमा जानुहोस्
Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, प्युठान

Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, प्युठान

बुधबार, असार १०, २०८३

पहुँचयोग्यता मेनु

Website Language (भाषा)

You're viewing the website in Nepali Language. हालको भाषा नेपाली हो

Change to English

फन्ट साइज (अक्षरको आकार)

रङ्ग मोड/फिल्टर

प्रोटानोपिया (रातो कमजोरीका लागि), ड्युटेरानोपिया (हरियो कमजोरीका लागि), ट्राइटानोपिया (निलो कमजोरीका लागि)। थप पढ्नुहोस

ब्यान्डविथ

न्युन व्यान्डविथ मोडमा तस्विर तथा फाइल लोड नहुँदा मोबाइल डाटा कम खपत हुन्छ साथै वेबसाइट चाँडो लोड हुन्छ न्यून व्यान्डविथ

थप सुबिधा

पहुँचयोग्य मोड वेबसाइटको डिजाइन भन्दा सामग्री सहज/पहुँचयोग्य तवरले ग्रहण गर्ने विषयमा केन्द्रित हुन्छ

२०७५ पौष २ गतेको कार्यालय प्रमुखको बैठकका निर्णयहरु

2075-09-05

2075-09-05


  1. सबै कार्यालयहरूको प्रगति अवस्थाबारे छलफल गरियो।कार्यालयका कार्यक्रम तथा आयोजनाहरू समयमै सम्पन्न गर्ने गरी काम अघि बढाउन निर्देशन दिइयो ।
  2. कर्मचारी समायोजनका सम्बन्धमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट प्राप्त निर्देशन अनुसार सबै स्थानीय तह तथा कार्यालयहरूले समायोजनको कार्य तत्काल अघि बढाउने र सो सम्बन्धमा उक्त मन्त्रालयबाट प्राप्त निर्देशन अनुसार सबै स्थानीय तह, जिल्ला समन्वय समितिको कार्यालय र जिल्ला प्रशासन कार्यालयमा हेल्प डेस्क स्थापना गर्ने निर्णय गरियो ।
  3. यहि मिति २०७५ पौष १३ र १४ गते सरूमारानी गाउँपालिकाको बड्डाँडामा र पौष २७ र २८ गते ऐरावती गाउँपालिकामा एकीकृत घुम्ति शिविर सञ्चालन गर्ने र उक्त शिविरमा जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, जिल्ला निर्वाचन कार्यालय तथा सम्बन्धित गाउँपालिकाबाट सेवा प्रदान गर्ने तथा अन्य कार्यालयहरूलाई समेत सहभागिता जनाउन अनुरोध गर्ने निर्णय गरियो ।
  4. सरकारी सवारी साधनहरुको दुरुपयोग नियन्त्रण सम्बन्धमा यस अघि भएका निर्णय तथा निर्देशनहरूको पूर्णरूपमा पालना गर्ने, गराउने निर्णय गरियो ।
  5. बजार क्षेत्रमा CC TV/Camera जडान नगरेका स्थानीय तहहरूलाई उक्त कार्य तत्काल गर्न अनुरोध गर्ने निर्णय गरियो ।
  6. लैङ्गिक हिंसा नियन्त्रण गर्ने सन्दर्भमा जिल्ला प्रशासन कार्यालयले तयार गरेको कार्ययोजना कार्यान्वयनमा आवश्यक सहयोग तथा सहजीकरण गर्न सबै स्थानीय तह र सम्बन्धित कार्यालयहरूलाई अनुरोध गर्ने निर्णय गरियो ।

 

 

 

पछिल्लो अपडेट गरिएको : 2083-03-08 11:29:06

© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, प्युठान .