Accessibility Mode सुरु गर्नुहोस्
मुख्य सामाग्री पढ्नुहाेस् मुख्य नेभिगेसन पढ्नुहाेस् वेबसाइट खोजमा जानुहोस् वेबसाइट खोजमा जानुहोस्
Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, प्युठान

Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, प्युठान

बुधबार, असार १०, २०८३

पहुँचयोग्यता मेनु

Website Language (भाषा)

You're viewing the website in Nepali Language. हालको भाषा नेपाली हो

Change to English

फन्ट साइज (अक्षरको आकार)

रङ्ग मोड/फिल्टर

प्रोटानोपिया (रातो कमजोरीका लागि), ड्युटेरानोपिया (हरियो कमजोरीका लागि), ट्राइटानोपिया (निलो कमजोरीका लागि)। थप पढ्नुहोस

ब्यान्डविथ

न्युन व्यान्डविथ मोडमा तस्विर तथा फाइल लोड नहुँदा मोबाइल डाटा कम खपत हुन्छ साथै वेबसाइट चाँडो लोड हुन्छ न्यून व्यान्डविथ

थप सुबिधा

पहुँचयोग्य मोड वेबसाइटको डिजाइन भन्दा सामग्री सहज/पहुँचयोग्य तवरले ग्रहण गर्ने विषयमा केन्द्रित हुन्छ

मिति २०७५ माघ ३ गतेको कार्यालय प्रमुखको बैठकका निर्णयहरु

2075-10-04

2075-10-04


मिति २०७५ माघ ३ गतेको कार्यालय प्रमुखको बैठकका निर्णयहरु

  1. यस अघिका कार्यालय प्रमुखको बैठकका निर्णयहरुको कार्यान्वयन अवस्थाको समीक्षा गर्दै कार्यान्वयन हुन बाँकी निर्णयहरु तुरुन्त कार्यान्वयन गर्न सम्पूर्ण कार्यालयहरुलाई निर्देशन दिइयो ।
  2. कार्यालयगत कार्यक्रम तथा बजेट कार्यान्वयन अवस्थाको समीक्षा गर्दै बजेट तथा कार्यक्रमलाई समयमै कार्यान्वयन गर्ने व्यवस्था मिलाउन सम्पूर्ण कार्यालयहरुलाई निर्देशन दिइयो ।
  3. विभिन्न कार्यालय, स्थानीयस्तरका संघसंस्था, बैंङ्क अदिले CCTV/Camera जडान गर्दा अनिवार्य रुपमा जिल्ला प्रशासन कार्यालयबाट अनुमति लिनुपर्ने व्यवस्था रहेको र सो सम्बन्धमा यस अघि सूचना समेत जारी गरिएकोमा केही कार्यालय तथा संस्थाहरुले अनुमति नलिई जडान गरेको पाइएकोले त्यस्ता कार्यालय तथा संस्थाहरुलाई तुरुन्त अनुमति लिन तथा आगामी दिनमा CCTV/Camera जडान गर्दा अनिवार्यरुपमा अनुमति लिएर मात्रै जडान गर्न गराउन निर्देशन दिइयो ।
  4. सरकारी/ सार्वजनिक सम्पत्तिको संरक्षण तथा व्यवस्थापन गर्ने उदेश्यले एकीकृत प्रोफाइल तयार पार्न सबै कार्यालय तथा स्थानीय तहहरुबाट विवरण माग गरिएकोमा विवरण प्राप्त हुन बाँकी कार्यालय/स्थानीय तहहरुलाई तुरुन्त विवरण पठाउन अनुरोध गरियो ।
  5. सबै कार्यालयहरुलाई नागरिक/सेवाग्राहीका गुनासा तत्काल सम्बोधन गर्न, सञ्चालित आयोजना तथा कार्यक्रमहरुको नियमित अनुगमन/ निरीक्षण गर्न र अनुगमन नगरी भुक्तानी नगर्ने निर्णय गरियो ।
  6. स्थानीयस्तरमा परम्परागत रुपमा सञ्चालन हुने मेला तथा पूजाआजा बाहेक अन्य मेला, महोत्सव, साँस्कृतिक कार्यक्रम आदि सञ्चालन गर्नुपूर्व अनिवार्यरुपमा स्थानीय प्रशासनबाट अनुमति लिनुपर्ने व्यवस्थाको कार्यान्वयन गर्न गराउन सबै स्थानीय तहलाई अनुरोध गर्ने निर्णय गरियो ।

पछिल्लो अपडेट गरिएको : 2083-03-08 11:29:06

© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, प्युठान .