Accessibility Mode सुरु गर्नुहोस्
मुख्य सामाग्री पढ्नुहाेस् मुख्य नेभिगेसन पढ्नुहाेस् वेबसाइट खोजमा जानुहोस् वेबसाइट खोजमा जानुहोस्
Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, प्युठान

Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, प्युठान

बुधबार, असार १०, २०८३

पहुँचयोग्यता मेनु

Website Language (भाषा)

You're viewing the website in Nepali Language. हालको भाषा नेपाली हो

Change to English

फन्ट साइज (अक्षरको आकार)

रङ्ग मोड/फिल्टर

प्रोटानोपिया (रातो कमजोरीका लागि), ड्युटेरानोपिया (हरियो कमजोरीका लागि), ट्राइटानोपिया (निलो कमजोरीका लागि)। थप पढ्नुहोस

ब्यान्डविथ

न्युन व्यान्डविथ मोडमा तस्विर तथा फाइल लोड नहुँदा मोबाइल डाटा कम खपत हुन्छ साथै वेबसाइट चाँडो लोड हुन्छ न्यून व्यान्डविथ

थप सुबिधा

पहुँचयोग्य मोड वेबसाइटको डिजाइन भन्दा सामग्री सहज/पहुँचयोग्य तवरले ग्रहण गर्ने विषयमा केन्द्रित हुन्छ

मिति २०७५ चैत्र ३ गतेको कार्यालय प्रमुखको बैठकका निर्णयहरु

2075-12-03

2075-12-03


  1. सबै कार्यालयहरूको प्रथम ८ महिनाको प्रगति अवस्थाबारे छलफल गरियो। अधिकांश कार्यालयको पुँजीगत बजेट कार्यान्वयनको अवस्था न्यून देखिएकोले आगामी दिनमा थप तदारुकताका साथ कार्यक्रम तथा आयोजनाहरू समयमै सम्पन्न गर्ने गरी काम अघि बढाउन निर्देशन दिइयो ।
  2. सबै कार्यालय तथा स्थानीय तह अन्तर्गत सञ्चालित कार्यक्रम तथा आयोजनाहरुको अनुगमन सहितको विवरण माग गर्ने निर्णय गरियो ।
  3. कार्यक्रम तथा आयोजनाहरु सञ्चालन गर्दा अनिवार्यरुपमा वातावरणीय प्रभाव मूल्यांकन तथा सम्बन्धित निकायहरुसँग समन्वय कायम गर्न सबै कार्यालयहरुलाई निर्देशन दिइयो ।
  4. कार्यक्रम तथा आयोजनाको लागत अनुमान र कार्यसम्पादनबीच तादाम्यता कायम नभएको, गुणस्तरीय काम नभएको, नियमित अनुगमन नभएको, काम नै नभइ भुक्तानी भएको/काम भन्दा बढी भुक्तानी भएको जस्ता गुनासा/उजुरीहरु आउने गरेको हुँदा यस्ता कार्यलाई कडाईका साथ नियन्त्रण गर्न निर्देशन दिइयो ।
  5. पछिल्लो समयमा मुलुकमा देखा परेका आपराधिक गतिविधिहरु प्रति उच्च सतर्कता अपनाउने, त्यस्ता गतिविधिलाई नियन्त्रण गर्न सुरक्षा निकायहरुसँग निरन्तर समन्वय गर्ने निर्णय गरियो ।
  6. मिति २०७५ फागुन २ गते सम्पन्न जिल्लास्थित कार्यालयहरु तथा स्थानीय तहहरुबीचको समन्वय बैठक लगायत यस अघिका कार्यालय प्रमुखका बैठकका निर्णयहरु पूर्णरुपमा कार्यान्वयन गर्न निर्देशन दिइयो ।

पछिल्लो अपडेट गरिएको : 2083-03-08 11:29:06

© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, प्युठान .