Accessibility Mode सुरु गर्नुहोस्
मुख्य सामाग्री पढ्नुहाेस् मुख्य नेभिगेसन पढ्नुहाेस् वेबसाइट खोजमा जानुहोस् वेबसाइट खोजमा जानुहोस्
Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, प्युठान

Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, प्युठान

बुधबार, असार १०, २०८३

पहुँचयोग्यता मेनु

Website Language (भाषा)

You're viewing the website in Nepali Language. हालको भाषा नेपाली हो

Change to English

फन्ट साइज (अक्षरको आकार)

रङ्ग मोड/फिल्टर

प्रोटानोपिया (रातो कमजोरीका लागि), ड्युटेरानोपिया (हरियो कमजोरीका लागि), ट्राइटानोपिया (निलो कमजोरीका लागि)। थप पढ्नुहोस

ब्यान्डविथ

न्युन व्यान्डविथ मोडमा तस्विर तथा फाइल लोड नहुँदा मोबाइल डाटा कम खपत हुन्छ साथै वेबसाइट चाँडो लोड हुन्छ न्यून व्यान्डविथ

थप सुबिधा

पहुँचयोग्य मोड वेबसाइटको डिजाइन भन्दा सामग्री सहज/पहुँचयोग्य तवरले ग्रहण गर्ने विषयमा केन्द्रित हुन्छ

मिति २०७५ चैत्र ४ गतेको जिल्लास्थित सूचना अधिकारीहरु र पत्रकारहरुबीचको संयुक्त बैठकका निर्णयहरु

2075-12-04

2075-12-04


  1. जिल्लास्थित कार्यालयहरुका सूचना अधिकारी तथा पत्रकारहरुबीचको पहिलो बैठक भएको हुँदा एकापसमा परिचय गरी दुवै पक्षका समस्या, जिज्ञासा तथा एकअर्काप्रतिको अपेक्षाबारे छलफल गरियो।
  2. सूचनाको हकलाई प्रचलनमा ल्याउन सूचना अधिकारीहरु तथा पत्रकारहरु सबैले आ-आफ्नो क्षेत्रबाट भूमिका निर्वाह गर्ने निर्णय गरियो ।
  3. सूचना उपलब्ध गराउने सन्दर्भमा सूचना अधिकारीहरुले सुधार गर्नुपर्ने विषय तथा सूचनाको प्रवाह गर्ने सन्दर्भमा पत्रकारहरुले ख्याल गर्नुपर्ने विषयहरुमा दुवै पक्ष सजग रही एकापसमा सुमधुर सम्बन्ध कायम गरी पारदर्शिता र सुशासन प्रवर्धनमा टेवा पुर्‍याउने निर्णय गरियो ।
  4. सबै सार्वजनिक निकायले ३/३ महिनामा सार्वजनिक गर्नुपर्ने विवरण अनिवार्यरुपमा सार्वजनिक गर्ने, सोको जानकारी आम सञ्चार माध्यम तथा आम नागरिक समक्ष पुर्‍याउने व्यवस्था मिलाउने निर्णय गरियो ।
  5. सबै कार्यालयका वेभसाइट नियमित अद्यावधिक गर्ने, कार्यालयसँग सम्बन्धित सूचनाहरु ईमेल मार्फत प्रवाह गर्ने, आधुनिक प्रविधिको प्रयोगलाई जोड दिने, पत्रकारहरुले समेत कार्यालयका वेभसाइट, फेसबुक पेज आदि नियमित रुपमा चेक गरी जानकारी लिने निर्णय गरियो ।
  6. सूचना अधिकारीहरु र पत्रकारहरुवीच हरेक ३/३ महिनामा बैठक तथा अन्तरक्रिया गर्ने निर्णय गरियो ।

पछिल्लो अपडेट गरिएको : 2083-03-08 11:29:06

© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, प्युठान .