2076-04-05
2076-04-05
नेपाल सरकार
गृह मन्त्रालय
जिल्ला प्रशासन कार्यालय,प्यूठान
जिल्ला सुशासन कार्ययोजना, २०७5
बार्षिक प्रगति प्रतिवेदन
|
क्र.स. |
क्रियाकलाप |
उपलब्धि |
|
१ |
जिल्ला सुरक्षा योजना तयार गरी लागू गर्ने |
एकीकृत जिल्ला सुरक्षा योजना तयार गरी लागू गरिएको |
|
२ |
सुरक्षा निकायको सवलीकरण गर्ने, आवश्यकतानुसार प्रहरी चौकी स्थापना गर्ने |
प्रहरी इकाइहरुको स्तरोन्नती र थप स्थापनाका लागि सिफारिस गरी पठाइएको, वि.सं. २०५५ सालमा स्वीकृत भएर पनि स्थापना हुन नसकेको दाङबाङ प्रहरी चौकी मिति २०७६।०२।२२ गतेका दिन स्थापना गरिएको । |
|
|
टोल टोलमा प्रहरी कार्यक्रम प्रभावकारी रुपमा सञ्चालन गर्ने |
दैनिक रुपमा नगरपालिका तथा गाउँपालिकाका वडाहरुमा सञ्चालन भइरहेको, समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत बिद्यालयहरुमा १६० वटा समिति गठन गरी र स्थानीय तहमा ६५ वटा समिति गठन र १७ वटा टोल समिति गठन गरी साझेदारी कार्यक्रमलाई प्रभावकारी रुपमा विभिन्न कार्यक्रम तथा सहकार्य गरी अगाडी बढाईएको । |
|
|
नेपाल प्रहरीको Quick Response Team (QRT) लाई प्रभावकारी बनाई घटनाको तत्काल Response हुने व्यवस्था मिलाउने |
पक्की सइक तथा असपास १० मिनेट, ग्रावेल तथा कच्ची सडक आसपास १५ मिनेट र अन्य स्थानमा बाटोको म्याद बाहेक १० मिनेटमा जानकारी लिई QRT १७ र अन्य पैदल गस्ती समेतको व्यवस्था मिलाइएको |
|
|
अपराधजन्य कार्यको अनुसन्धानलाई प्रभावकारी बनाउने |
अपराधजन्य प्रकृति र प्रवृति सम्बन्धमा तालिमप्राप्त प्र.क.KIT BOX सहित SOCO को सहायक सहितको Crime Action Plan (CAP) को परिचालन गरी परिमार्जित कानुन बमोजिम पिडितमैत्री अनुसन्धान कार्य सञ्चालन गरिएको |
|
|
अपराधका घटनाको सूचना प्रवाहलाई चुस्त बनाउने |
अपराधका घटनाको सूचना प्रवाहलाई चुस्त बनाउने प्रयास भएको |
|
|
स्थानीयस्तरमा नागरिक सुरक्षा सञ्जाल गठन गर्ने |
सबै वडाहरुमा वडाध्यक्षको अध्यक्षतामा सुरक्षा समितिहरु गठन गरिएको |
|
|
सार्वजनिक स्थल र सुरक्षा संवेदनशील क्षेत्रमा CCTV जडान गर्न पहल गर्ने |
स्थानीय तहहरुसँग समन्वय गरी यस जिल्ला मुख्य मुख्य स्थान तथा वजार हरुमा हालसम्म ८ स्थानमा ४० वटा CCTV क्यामेरा जडान गरिएको |
|
|
जिल्लाभित्र हुने सभा सम्मेलन तथा विरोधका कार्यक्रमलाई व्यवस्थित बनाउने |
जिल्लाभित्र हुने सभा सम्मेलन तथा विरोधका कार्यक्रमलाई व्यवस्थित बनाउदै आइएको |
|
|
प्रहरी कार्यालय/चौकीहरुको नियमित अनुगमन, निरीक्षण गर्ने |
प्रमुख जिल्ला अधिकारीको प्रत्यक्ष सहभागितामा २४ प्रहरी ईकाईहरु मध्ये २२ वटाको अनुगमन, निरीक्षण गरिएको |
|
|
राजमार्गमा सवारी चेक जाँचको व्यवस्थालाई प्रभावकारी बनाउने |
राजमार्गमा सवारी चेक जाँचको व्यवस्थालाई प्रभावकारी बनाइएको |
|
|
सडकमा हुने अनावश्यक पार्किङ र निर्माण सामग्री थुपार्ने कार्यलाई हटाउने |
विजुवार, जुम्री, क्वाडी र बाग्दुला बजार एरियामा सडकमा राखिएका निर्माण सामग्री तथा अनावश्यक पार्किङ हटाउने कार्य भएको, पार्किङ तथा सवारी जामलाई हटाउन विशेष निर्णय गरी लागू गरिएको |
|
|
सडकको नियमित मर्मत सम्भार गर्ने व्यवस्था मिलाउने |
सडकको नियमित मर्मत सम्भारका लागि सम्बन्धित निकायसँग समन्वय गरिएको |
|
|
सम्बन्धित सरोकारवालाहरुको समन्वयमा ट्राफिकसम्बन्धी जनचेतना जगाउने |
विद्यालय सम्पर्क कार्यक्रम मार्फत विभिन्न विद्यालयमा गई विद्यार्थीहरुमा ट्राफिक नियमसम्बन्धी जानकारी गराएको र अन्य पैदल यात्रीलाई १ मिनेट ट्राफिक नियमसम्बन्धी जानकारी गराउने गरिएको |
|
|
सरकारी सवारी साधनको दुरुपयोग नियन्त्रण गर्ने |
सरकारी सवारी साधनको दुरुपयोग नियन्त्रण गर्न सबै निकायलाई परिपत्र गरिएको, अनुगमन तथा चेकजाँचलाई कडाई गरिएको, सवारी अनुमति कार्डलाई व्यवस्थित बनाइएको |
|
|
यातायात सेवालाई पहुँचयोग्य र सहज बनाउने, सिन्डिकेटको पूर्णरुपमा अन्त्य गर्ने |
यातायात सेवालाई सहज बनाउन ४ पटक यातायात क्षेत्रको वैठक बसी आवश्यक समन्वय गरिएको, यातायात क्षेत्रमा देखिएका केही समस्याहरु समाधान गरिएको |
|
|
जुनसुकै बहानामा राजमार्गमा हुने अवरोधलाई आधा घण्टाभित्र हटाई राजमार्ग निर्वाध रुपमा सञ्चालन हुने व्यवस्था मिलाइने |
पहिरो तथा बाढीका कारण केहि समय राजमार्ग अवरोध हुने गरेतापनि तत्काल हटाउने गरिएको, अन्य कारणले राजमार्ग अवरोध नभएको |
|
|
जिल्ला जनस्वास्थ्य कार्यालयसँग समन्वय गरी कैदीबन्दीको नियमित स्वास्थ्य परीक्षण गर्ने व्यवस्था मिलाइने |
जिल्ला जनस्वास्थ्य कार्यालयसँग समन्वय गरी कारागारमा रहेका कैदी बन्दीहरुको स्वास्थ्य परीक्षण तथा निशुल्क औषधी वितरण गरिएको, एक जना स्वास्थ्यकर्मीको नियमित व्यवस्था मिलाईएको |
|
|
कारागारमा २४ घण्टा वत्तिको लागि Power Backup को व्यवस्था गर्ने |
कारागारमा २४ घण्टा वत्तिको लागि Power Backup को व्यवस्था मिलाइएको |
|
|
कारागारको बैकल्पिक व्यवस्थाका लागि आवश्यक पहल गर्ने |
कारागारको बैकल्पिक व्यवस्थाका लागि आवश्यक जग्गा पहिचान गरी सिफारिस गरी सम्बन्धित निकायमा पठाइएको |
|
|
Help Desk लाई प्रभावकारी बनाई सेवासम्बन्धी फारामहरु निशुल्क वितरण गर्ने |
Help Desk लाई प्रभावकारी बनाई सेवासम्बन्धी फारामहरु निशुल्क वितरण गरिएको |
|
|
सेवासँग सम्बन्धित सूचना तथा फारामहरु अनलाईन मार्फत उपलब्ध गराउने |
सेवासँग सम्बन्धित सूचना तथा फारामहरु अनलाईन मार्फत उपलब्ध हुने व्यवस्था मिलाइएको |
|
|
कार्यालयको Mobile App लाइ नियमित अद्यावधिक गर्ने |
कार्यालयको Mobile App लाइ नियमित अद्यावधिक गरिएको |
|
|
रु २५००० भन्दा बढीको भुक्तानीलाई website मार्फत सार्वजनिक गर्ने, गराउने |
लेखाका कर्मचारीको अभाव हुँदा कार्यान्वयनमा ल्याउन समस्या परेको |
|
|
अशक्त, अपाङ्ग, जेष्ठ नागरिकलाई सेवा प्रवाहमा प्राथमिकता दिने |
अशक्त, अपाङ्ग, जेष्ठ नागरिकलाई सेवा प्रवाहमा प्राथमिकता दिने गरिएको, यसका लागि अन्य कार्यालयलाई समेत निर्देशन दिइएको |
|
|
सेवा प्रवाहमा विचौलियाको उपस्थितिलाई पुर्णरुपमा निषेध गरिने |
सेवा प्रवाहमा विचौलियाको उपस्थितिलाई पुर्णरुपमा निषेध गर्न निर्देशन दिइएको |
|
|
भ्रष्टाचार विरुद्व शुन्य सहनशीलताको नीति लिई प्राप्त सूचनाको आधारमा कारवाही अघी बढाउने |
यस कार्यालयमा प्राप्त ११ उजुरीमध्ये १० वटा उजुरीको प्रारम्भिक छानविन गरी प्रतिवेदन अख्तियार दुरुपयोग अनुसन्धान आयोग समक्ष पठाइएको |
|
|
आवश्यकतानुसार जिल्लाका विभिन्न स्थानमा एकीकृत घुम्ति सेवा सञ्चालन गर्ने |
४ स्थानमा एकीकृत घुम्ति शिविर सञ्चालन गर्ने लक्ष्य राखिएकोमा ७ स्थानमा सञ्चालन गरिएको । |
|
|
कार्यालय प्रमुख बैठक र स्टाफ बैठकलाई नियमित बनाउने |
नियमित गरिएको |
|
|
तालिम आवश्यकताको पहिचान गरी कर्मचारीलाई तालिम दिने व्यवस्था मिलाउने |
कार्यालयका कर्मचारीलाई कम्प्यूटर सम्बन्धी तालिम प्रदान गरिएको, सबै कार्यालयका सूचना अधिकारीहरुलाई सूचनाको हकसम्बन्धी तालिम प्रदान गरिएको अन्य तालिममा समेत समन्वय गरिएको |
|
|
उत्कृष्ट कार्य गर्ने कर्मचारीलाई बार्षिक रुपमा पुरस्कृत गर्ने पद्दतिको शुरुवात गर्ने |
उत्कृष्ट काम गर्ने सूचना अधिकारीलाई सम्मान गरिएको |
|
|
सूचना अधिकारी र गुनासो सुन्ने अधिकारीको अनिवार्य व्यवस्था गर्ने |
सबै कार्यालयमा व्यवस्था भएको |
|
|
कार्यालयको अभिलेखलाई चुस्त, दुरुस्त र सुरक्षित बनाउने |
अभिलेख१ प्रणालीलाई व्यवस्थित गरिएको, नागरिकताका पुराना अभिलेखलाई बाईन्डिङ गरिएको, नागरिकताका सबै डाटाहरु कम्प्युटर ईन्ट्रि गरिएको |
|
|
सबै कार्यालयका नागरिक वडापत्र एकीकृत गरी प्रकाशित गर्ने |
सबै सार्वजनिक निकायका नागरिक वडापत्र एकीकृत गरि प्रकाशन गरिएको |
|
|
सबै कार्यालयहरुको नियमित अनुगमन गर्ने |
सबै कार्यालयको अनुगमन भएको |
|
|
गुनासोको तत्काल सुनुवाहीको व्यवस्था मिलाउने |
गुनासो तत्काल सुनुवाई गर्ने गरिएको |
|
|
स्थानीय तहको सहभागितामा सार्वजनिक सुनुवाही सञ्चालन गर्ने |
प्यूठान नगरपालिका, मल्लरानी गाउँपालिका नौबहिनी गाउँपालिका र माण्डवी गाउँपालिकाका सार्वजनिक सुनुवाईमा सहभागिता जनाएको, ऐरावती गाउँपालिकाको दाङबाङ र नौबहिनि गाउँपालिकाको स्याउलीबाङमा सार्वजनिक सुनुवाई गरिएको । |
|
|
कार्यालयसँग सम्बन्धित सूचना र प्रगति विवरण नियमित रुपमा प्रकाशित गर्ने/गराउने |
वेभसाइट, फेसबुक पेज, मोवाइल एप, सूचना पाटी आदि मार्फत कार्यालयसँग सम्बन्धित सूचना र प्रगति विवरण नियमित रुपमा प्रकाशित गर्ने गरिएको, आवश्यकतानुसार प्रेश विज्ञप्ति जारी गर्ने गरिएको, अन्य कार्यालयलाई समेत पारदर्शि बनाउन भूमिका खेलेको |
|
|
विद्युतीय हाजिरीलाई अनिवार्य र प्रभावकारी बनाउने |
विद्युतीय हाजिरीलाई अनिवार्य गरिएको, कर्मचारी नियमितामा सुधार आएको |
|
|
गैरसरकारी संस्थाको विवरण अद्यावधिक गरी प्रोफाईल तयार गरी सार्वजनिक गर्ने |
गैससको विवरण कम्प्युटर इन्ट्रि गरिएको |
|
|
गैरसरकारी संस्थाको नियमित अनुगमन गर्ने |
|
|
|
महिनाको एकपटक सञ्चारक्षेत्रसँग साक्षात्कार गर्ने, सञ्चार क्षेत्रको अनुगमन गर्ने |
आवश्यकतानुसार साक्षात्कार गरिएको |
|
|
सेवाग्राही प्रतिक्षालय, खानेपानी र शौचालयको व्यवस्थामा सुधार गरिने |
सेवाग्राही प्रतिक्षालय, खानेपानी र शौचालयको व्यवस्थामा सुधार भएको |
|
|
सेवाग्राही सन्तुष्टी फाराम तयार गरी सेवाग्राहीको सन्तुष्टी सर्वेक्षण गरिने |
सेवाग्राही सन्तुष्टी फाराम तयार गरी सेवाग्राहीको सन्तुष्टी सर्वेक्षण गरिएको ९८ प्रतिशत भन्दा बढी सेवाग्राही कार्यालयको काममा पूर्णरुपमा सन्तुष्ट देखिएको |
|
|
Help Desk मा प्राथमिक उपचार किटको व्यवस्था गर्ने |
Help Desk मा प्राथमिक उपचार किटको व्यवस्था गरिएको |
|
|
सेवाग्राहीप्रतिको कर्मचारी व्यवहारमा सुधार ल्याई मुस्कान सहितको सेवा प्रदान गर्ने |
सेवाग्राहीप्रतिको कर्मचारी व्यवहारमा सुधार आएको |
|
|
व्यवसाय सञ्चालन तथा उपभोक्ता हितका सम्बन्धमा जनचेतना जगाउने |
व्यवसायी तथा उपभोक्तामा चेतना फैलने |
|
|
जिल्लाका सबै स्थान समेट्ने गरी बजार नियमित रुपमा अनुगमन गर्ने |
आ.व. २०७५।०७६ मा८ पटक बजार अनुगमन गरिएको जसमा खाद्य पसल, होटल रेष्टुरेन्ट, मदिरा पसल, औषधी पसल, क्लिनिक, अस्पताल, दुध डेरी, मासु पसल आदि गरी २९६ व्यवसायिक फर्महरुको अनुगमन गरिएको |
|
|
अनुगमनको क्रममा देखिएका अपराध, ठगी वा कसुरलाई कानुनी दायरामा ल्याउने |
अनुगमनका क्रममा सानातिना कमजोरीहरु सुधार गर्न निर्देशन दिइएको |
|
|
स्थानीयस्तरसम्म उपभोक्ता हित संरक्षण सञ्जाल निर्माण गर्न उत्प्रेरित गर्ने |
स्थानीय तहहरुलाई अनुरोध गरिएको |
|
|
भुकम्प, बाढी, पहिरो, आगजानी डढेलोजस्ता विपदमा तत्काल खोजी तथा उद्धारका लागि सुरक्षा संगठनहरुको क्षमता विकास गरिने |
क्षमता विकासका लागि पहल गरिएको, उद्दार सामग्रीहरु थप गरिएको |
|
|
विपद जोखिम न्युनीकरणका लागि पूर्व तयारी तथा प्रतिकार्य योजना तथा बाढी पुर्वानुमान तथा प्रतिकार्य योजनाको कार्यान्वयन गर्ने |
विपद जोखिम न्युनीकरणका लागि पूर्व तयारी तथा प्रतिकार्य योजना तथा बाढी पुर्वानुमान तथा प्रतिकार्य योजना अद्याविधक गरी कार्यान्वयनमा ल्याइएको |
|
|
जिल्ला आपतकालिन सञ्चालन केन्द्र (DEOC) स्थापना गर्न आवश्यक पहल गर्ने |
जिल्ला आपतकालिन सञ्चालन केन्द्र (DEOC) स्थापना गरी २४ सै घण्टा सञ्चालनमा ल्याइएको |
|
|
सरकारी कार्यालय, कलेज, विद्यालय,होटल लगायतका महत्वपूर्ण भवनहरुमा Fire Extinguisher राख्न आवश्यक पहल गर्ने |
सबै निकायलाई अनुरोध गरिएको |
|
|
सबै स्थानीय तहमा विपद जोखिम न्यूनीकरण योजना र विपद प्रतिकार्य योजना तयार गर्न समन्वय गर्ने
|
अनुरोध र समन्वय गरिएको तर काम हुन नसकेको |
|
|
स्थानीय तहमा स्थानीय आपतकालीन सञ्चालन केन्द्र (LEOC) स्थापना गर्न समन्वय गर्ने |
पटक पटक अनुरोध गरिएतापनि हाल सम्म कुनै स्थानीय तहमा स्थापना नभएको |
|
|
स्थानीयतहसँगको समन्वयमा सबै स्थानीय तहमा विपद प्रतिकार्य समिति गठन गरिने |
केहि स्थानीय तहमा गठन भएको |
|
|
स्थानीयतहसँगको सहयोगमा स्थानीय विपद प्रतिकार्य समिति तथा स्वयंसेवकलाई अभिमुखीकरण तालीम प्रदान गरिने |
केही स्थानीय तहमा तालिम प्रदान भएको |
|
|
विपद जोखिम न्यूनिकरणका लागि जनचेतना कार्यक्रम सञ्चालन गर्ने |
प्रहरी, बन समूह लगायत विभिन्न निकाय र मिडिया मार्फत भएको |
|
|
विपद व्यवस्थापनमा उल्लेख्य योगदान गर्ने नागरिक र समूहलाई पुरस्कृत गर्ने |
|
|
|
संघीय, प्रादेशिक, जिल्लास्तरका कार्यालय, स्थानीय तह लगायत सम्बद्ध सबै पक्षसँग समन्वय गरिने |
विभिन्न तहका सरकारवीच निरन्तर समन्वय गरिएको, आवश्यकतानुसार समन्वय बैठक समेत बस्ने गरिएको |
|
|
विकास निर्माणमा आइपर्ने समस्याहरुको समन्वयात्मक ढंगले निकास खोजिने |
समन्वयात्मक ढंगले निकास खोज्ने कार्य भइरहेको |
|
|
विकास निर्माणमा हुने ढिलासुस्तीलाई निरुत्साहित गरी समयमै सम्पन्न गराउन आवश्यक समन्वय र सहजीकरण गर्ने |
आवश्यक समन्वय र सहजीकरण हुँदै आएको |
|
|
जिल्लामा क्रियाशील राजनीतिक दल, सञ्चार क्षेत्र, उद्योग व्यवसायी, नागरिक समाज लगायत सबै सरोकारवालाहरुसँग नियमित छलफल तथा अन्तरक्रिया गर्ने |
सरोकारवालाहरुसँग आवश्यकतानुसार छलफल तथा अन्तरक्रिया गर्ने गरिएको |
|
|
जिल्लाभित्रका सार्वजनिक सम्पत्ति र महत्वपूर्ण प्रतिष्ठानहरुको अभिलेख अद्यावधिक गर्ने |
सार्वजनिक सम्पत्तिको अभिलेख अद्यावधिक गर्न थालिएको |
|
|
जिल्लाभित्रका सार्वजनिक सम्पत्ति र महत्वपूर्ण प्रतिष्ठानहरुको प्रोफाईल तयार गर्ने |
|
|
|
मदिराजन्य पदार्थ वेचविखन गर्ने स्थान, समय र खरिदकर्ताको उमेर आदि समेटी आचारसंहिता तयार गरी लागू गर्ने |
२०७५ भाद्र २० गतेदेखि आचारसंहिता लागू गरिएको |
|
|
मदिराजन्य पदार्थ उत्पादन स्थल र बिक्रिबितरण गर्ने पसलहरुको नियमित अनुगमन गर्ने |
अनुगमन गरिएको |
|
|
स्थानीय तहहरूमा लागू औषध तथा मदिराजन्य पदार्थ नियन्त्रण सहयोग समितिहरु गठन गर्न समन्वय गर्ने |
सबै वडास्तरमा वडाध्यक्षको संयोजकत्वमा मदिरा नियन्त्रण समितिहरु गठन गरिएको |
|
|
लागू औषध तथा मदिराजन्य पदार्थ नियन्त्रण सम्बन्धमा समुदायस्तरसम्म अन्तरक्रिया गर्ने |
समुदाय प्रहरी साझेदारी कार्यक्रम मार्फत समुदायस्तरमा अन्तरक्रिया तथा सचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको |
|
|
लागू पदार्थ सेवनकर्ताहरुको पहिचान तथा सूचना संकलन गर्ने र सोका आधारमा चेकजाँच, निगरानी, पक्राउ तथा कानुनी कारवाही गर्ने |
लागू पदार्थ सेवनकर्ताहरुको पहिचान तथा सूचना संकलन गर्ने कार्य नियमित रुपमा भइरहेको |
|
|
लागू औषध विरुद्ध आवश्यक परामर्श तथा तालिम सञ्चालन गर्ने |
नेपाल प्रहरी तथा सशस्त्र प्रहरी मार्फत विद्यालय तथा कलेजहरुमा परामर्श दिने कार्य भइरहेको |
|
|
सार्वजनिक स्थलको २०० मिटर आसपासको क्षेत्रमा मदिराजन्य पदार्थको विक्रिवितरण र प्रयोगमा पूर्णरुपमा बन्देज लगाउने |
सार्वजनिक स्थल वरपर मदिराजन्य पदार्थ बिक्रिवितरण नहुने गरी आचारसंहिता लागू गरिएको |
|
|
सार्वजनिक निकायमा मदिरा सेवन गरेका व्यक्तिलाई प्रवेश निषेध गर्ने |
सार्वजनिक निकायमा मदिरा सेवन गरेका व्यक्तिलाई प्रवेश निषेध गर्न थालिएको |
|
|
जनचेतनामूलक रेडीयो कार्यक्रम, सडक नाटक, श्रव्यदृष्य सामग्री प्रदर्शन लगायतका कार्य गर्ने |
विभिन्न समयमा विभिन्न माध्यमबाट भइरहेको |
|
|
जिल्लामा एउटा बाल गृह सञ्चालन गरिने |
विद्यमान कानुनमा भएको परिवर्तन तथा स्थानीय तहहरुवीच समन्वय हुन नसक्दा सञ्चालन हुन नसकेको |
|
|
बालश्रम न्यूनीकरण गर्ने |
बालश्रम नियन्त्रणमा जोड दिइएको |
|
|
बालविवाहलाई नियन्त्रण गर्न सचेतना तथा कानुनी कारवाहीलाई प्रभावकारी बनाउने |
बालविवाहलाई नियन्त्रण गर्न सचेतना तथा कानुनी कारवाही निरन्तर भइरहेको |
|
|
सरोकारवाला पक्षसँग नियमित छलफल तथा अन्तर्क्रिया गरी सार्वजनिक निकायप्रति सकारात्मक सोचको विकास गर्ने |
घुम्ति सेवा, सार्वजनिक सुनुवाई, सेवा प्रवाहमा सुधार आदि मार्फत सार्वजनिक निकायप्रति सकारात्मक सोचको विकास गर्ने प्रयास गरिएको |
|
|
स्थानीय समुदायसँग साक्षात्कार गरी नागरिकका समस्या र गुनासाहरुको सम्बोधनका लागि पहल गर्ने |
जिल्लाका स्थानीयस्तर सम्म पुगी नागरिकका समस्याहरु स्थलगत रुपमा बुझ्ने प्रयास गरिएको |
|
|
कार्ययोजना कार्यान्वयनका सम्बन्धमा नियमित अनुगमन, मूल्यांकन गरी मासिक रुपमा समीक्षा गर्दै कार्यान्वयनलाई सहजीकरण गर्ने |
नियमित अनुगमन मूल्यांकन गरिएको |
……………………….
(बद्रीनाथ गैह्रे)
प्रमुख जिल्ला अधिकारी
मिति: २०७६।०४।०5