एकीकृत घुम्तिशिविर सञ्चालन हुने सूचना
2076-01-14
2076-01-14
एकीकृत घुम्तिशिविर सञ्चालन हुने सूचना
जिल्ला प्रशासन कार्यालय प्यूठानको आयाेजना तथा स्वर्गद्वारी नगरपालिकाको सहयोगमा यहि मिति २०७६ वैशाख २१ गते शनिबारका दिन स्वर्गद्वारी नगरपालिकाका विकट वडाहरु वडा नं १ र २ लाई लक्षित गरी स्वर्गद्वारी नगरपालिका वडा नं २ धरमपानीस्थित वाल संस्कृत माविमा एकीकृत घुम्ति शिविर सञ्चालन हुने र उक्त घुम्ति शिविरमा देहायका सेवाहरु प्रवाह हुने हुँदा सम्बन्धित सबैको जानकारीका लागि अनुरोध छ:
१. जिल्ला प्रशासन कार्यालयबाट नयाँ नागरिकता वितरण
२. जिल्ला प्रहरी कार्यालयबाट सुरक्षा र अपराध नियन्त्रणसम्बन्धी सचेतना
३. जिल्ला निर्वाचन कार्यालयबाट फोटो सहितको मतदाता नामावली दर्ता
४. आयुर्वेद कार्यालयबाट आयुर्वेद स्वास्थ्य सेवा
५. नगरपालिकाको तर्फबाट
(क) जेष्ठ नागरिक परिचय पत्र वितरण
(ख) अपांग परिचयपत्र वितरण
(ग) पशुसँग सम्बन्धित सेवाहरु
(घ) कृषिसँग सम्बन्धित सेवाहरु
