2075-09-04
2075-09-04
यहि मिति २०७५ पौष १३ र १४ गते सरुमारानी गाउँपालिकाको बड्डाँडामा जिल्ला प्रशासन कार्यालयको संयोजन तथा सरुमारानी गाउँपालिकाको सहयोग एवं समन्वयमा एकीकृत घुम्ति शिविर सञ्चालन हुने र उक्त घुम्ति शिविरमा देहायका सेवाहरु प्रवाह हुने हुँदा सम्बन्धित सबैको जानकारीका लागि अनुरोध छ:
१. जिल्ला प्रशासन कार्यालयबाट नयाँ नागरिकता वितरण
२. जिल्ला प्रहरी कार्यालयबाट सुरक्षा र अपराध नियन्त्रणसम्बन्धी सचेतना
३. जिल्ला निर्वाचन कार्यालयबाट फोटो सहितको मतदाता नामावली दर्ता
४. गाउँपालिकाको तर्फबाट
(क) अपाङ्ग परिचय पत्र वितरण
(ख) स्वास्थ्य शिविर
(ग) पशुसँग सम्बन्धित सेवाहरु
(घ) कृषिसँग सम्बन्धित सेवाहरु