सीमा तथा अध्यागमन
2079-10-16
निषेधित क्षेत्रमा हेली उडान (चार्टर्ड, स्लिङ) गर्न के गर्नुपर्छ ?
- सम्बन्धित व्यक्ति/संस्थाले प्रयोग गर्न चाहेको कारण सहित उडान कम्पनीमा सम्पर्क गर्ने, त्यसपछि उडान कम्पनीले नागरिक उड्डयन प्राधिकरण, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र सम्बन्धित जिल्ला प्रशासन कार्यालयको सिफारिस पत्रसहित गृह मन्त्रालयको सीमा तथा अध्यागमन शाखामा आवेदन गर्ने।
निषेधित क्षेत्रमा उद्धार उडानको लागि के गर्नुपर्छ ?
- उद्धार उडानको लागि उद्धार गर्नुपर्ने कारण सहितको निवेदन र सम्बन्धित जिल्ला प्रशासन कार्यालयको सिफारिस पत्रसहित उडान कम्पनीले गृह मन्त्रालयको सीमा तथा अध्यागमन शाखामा आवेदन गर्ने।
नेपालमा कस्तो प्रकारको विदेशी नागरिकले काम गर्न सक्दछ ?
- विदेशी नागरिकले नेपालमा काम गर्नको लागि अनिवार्यरुपमा गृह मन्त्रलायबाट कार्य सहमति लिई सोही बमोजिम भिषा प्राप्त गर्नुपर्दछ।
कार्य सहमति प्राप्त गर्ने प्रक्रिया के हो ?
१. सम्बन्धित व्यक्ति/संस्थाले आफ्नो सम्बन्धित मन्त्रालयमा सम्पर्क गर्ने,
२. मन्त्रालयको सिफारिस पत्र, र अन्य आवश्यक कागजात सहित गृह मन्त्रालयको सीमा तथा अध्यागमन शाखाको इमेल (nepalbni@moha.gov.np) मा निवेदन पेश गर्ने।
३. गृह मन्त्रालयले आवश्यक अध्ययन/अनुसन्धान/जाँचपड्ताल गरी उपयुक्त देखिएमा सम्बन्धित मन्त्रालयलाई नै कार्य सहमति उपलब्ध गराउँदछ।
कार्य सहमति प्राप्त गर्न के-के कागजात चाहिन्छ ?
- सम्बन्धित मन्त्रालयको (समयावधी सहितको) सिफारिस पत्र र निर्णयको छायाँप्रति,
- भिषा, पासपोर्टको छायाँप्रति,
- कम्पनी दर्ता/परियोजना सम्झौता,
- कर्मचारी माग सम्बन्धी सूचना/सम्झौता,
- कम्पनी वा संस्थाको प्रकृति अनुसार अन्य कागजात।
कार्य सहमति प्राप्त गर्न कति समय लाग्दछ ?
- सबै आवश्यक कागजात उपलब्ध भएपछि निवेदन दर्ता भएको हप्तादिन भित्र कार्य सहमति प्राप्त हुन्छ।
कार्य सहमति प्राप्त भयो/भएन कसरी थाहा पाउने ?
- Online दर्ताको बखत प्रयोग गरिएको Email ठेगाना तथा दिइएको सम्पर्क नं मार्फत सूचना प्राप्त हुन्छ।
कुन-कुन मुलुकका नागरिकले On-arrival visa पाउदैनन्।
- Nigeria
- Ghana
- Zimbabwe
- Swaziland
- Cameroon
- Somalia
- Liberia
- Ethiopia
- Iraq
- Palestine
- Afghanistan
- Syria
- Refugees with travel document
On Arrival नपाउने मुलुकका नागरिकले On-arrival visa कसरी प्राप्त गर्न सक्दछ ?
- सम्बन्धित संस्थाले कार्यक्रम सहित कन्सुलर सेवा विभाग तथा सम्बन्धित मन्त्रालयमा सम्पर्क गर्ने र सो निकायहरुबाट गृह मन्त्रालयमा सिफारिस पत्र प्राप्त भएपछि आवश्यक जोखिम विश्लेषण र अन्य अध्ययन गरी उपयुक्त देखिएमा अध्यागमन विभागलाई On Arrival Visa को लागि पठाइने छ।