मिति २०७६।०२।२१ गतेका दिन सहायक प्रमसख जिल्ला अधिकारीको संयोजकत्वमा प्रतिनिधि प्यूठान उद्योग वाणिज्य संघ, घरेलु तथा साना उद्योग विकास समिति मुख्य शाखा कार्यालय , उपभोक्ता मञ्च, किसानका लागि उन्नत बिउबिजन कार्यक्रम KUBK, भेटेरेनरी अस्पताल तथा पशुसेवा विज्ञकेन्द्र, पत्रकार महासँघ, प्यूठान नगरपालीका भेटेरिनरी शाखा समेतमा प्कोरतिनिधिहरु रहेको टोलीबाट प्यूठान नगरपालिकाको क्वाडी देखि बाग्दुला सम्मका डेरीउद्योग ५ वटा , मासु पसल ११ वटा तथा एग्रो भेट सेण्टरहरु ७ वटाको अनुगमन गरियो । अनुगमनको क्रममा सवै डेरीहरुले दूध प्रशोधन नगरी बेच्ने गरेको पाइएकोले अबदेखि दूध पाश्चराइजेशन गरेर मात्र विक्री वितरण गर्न र सरसफाइमा विशेष ध्यान दिन निर्देशन दिइएको .। धेरै जसो मासु पसलहरुमा फ्रीज नचलाएको मासु काट्ने ठेला र हतियार सफा नगरेको पाइएकोले त्यस्ता मासु पसलहरुलाइ न्यूनतम मापदण्ड पूरा गर्न फ्रीज २४ सै घण्टा चलाउन तुरुन्त सुधार गरी गुणस्गतरीय र स्वस्थकर माशु मात्र बेच्न निर्देशन दिइएको र सबै एग्रो भेट सेण्टरहरु इजाजत पत्र लिएर सञ्चालन गरेको भएता पनि धेरै जसो पसलहरुमा कडाखालका विषादीहरु पनि बिक्रिवितरण गरेको पाइएकोले त्यस्ता विषादीहरु तुरुन्त फिर्ता गर्न र अवदेखि साधारण र मध्यम खालका विषादीहरु मात्र बिक्री बितरण गर्न निर्देशन दिइएको ।