Turn on Accessibility Mode
Skip to main content Skip to main navigation Skip to website search Skip to website search
Government of Nepal Logo
Government of Nepal

Ministry of Home Affairs

District Administration Office, Pyuthan

Government of Nepal Logo
Government of Nepal

Ministry of Home Affairs

District Administration Office, Pyuthan

Saturday, Jestha 30, 2083

Accessibility Menu

भाषा (Website Language)

हालको भाषा अङ्ग्रेजी हो । You're viewing the website in english language

नेपाली भाषामा परिवर्तन गर्नुहोस्

Font Size

Color Mode/Filter

Protanopia (for red-weakness), Deuteranopia (for green-weakness), Tritanopia (for blue-weakness). Learn more

Bandwidth

On low bandwidth mode, images and files will not load making website faster and consumes less data Low Bandwidth

Other Tools

Dedicated accessibility mode focuses on the content than on appearance, menu flatens, sliders unfold

राष्ट्रिय परिचयपत्र

2078-03-17

2078-03-17


राष्ट्रिय परिचयपत्र सम्बन्धी जिज्ञासाहरु
 
१) राष्ट्रिय परिचयपत्र भनेको के हो ?
  • राष्ट्रिय परिचय पत्र भनेको नागरिकहरुको वैयक्तिक तथा जैविक विवरण समावेश भएको राष्ट्रिय पहिचान सहितको बायोमेट्रिक सुविधायुक्त बहुउपयोगी प्रमाणपत्र हो । 
२) राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण बिभागको स्थापनाको उद्देश्य के हो ?
  • नेपाली नागरिकको वैयिक्तक तथा जैविक विवरण सहितको परिचय खुल्ने गरी विद्युतीय प्रणालीबाट तथ्यांक तथा अभिलेख तयार गरी सुरक्षित भण्डारण व्यवस्थापन, उपयोग र नियन्त्रण गर्ने सो तथ्यांकको आधारमा राष्ट्रिय परिचय नम्बर सहितको बहुउपयोगी राष्ट्रिय परिचयपत्र उपलब्ध गराउने ,
  • व्यक्तिगत घटना जस्तै जन्म, मृत्यु, बसाइसराइ, विवाह, सम्बन्ध विच्छेद आदिको दर्ता तथा अभिलेख व्यवस्थापन लगायत पञ्जिकरण सम्बन्धी काम गर्ने ,
  • सामाजिक सुरक्षा भत्ता बितरण सम्बन्धी काम गर्ने
  • राष्ट्रिय परिचयपत्र व्यवस्थापन सूचना प्रणालीको विकास गरि नागरिकका सूचना था विवरणहरु एकीकृत रुपमा राख्ने र यसलाई राज्यबाट उपलब्ध हुने सेवा सुविधामा आवद्व गर्ने ।
 ३) राष्ट्रिय परिचयपत्रमा के के विवरण समावेश हुन्छ ?
      परिचयपत्रमा देहायका विवरण समावेश हुन्छन् –
  • व्यक्तिगत विवरणहरू (नाम, थर, जन्म मिति, लिङ्ग, आमाबुबाको नाम, ठेगाना, नागरिकताको किसिम, पति/पत्नो नाम, बाजेको नाम)
  • औंला-छाप (१० वटा औंला)
  • आखाँको नानि (Iris) [प्रस्तावित]
  • परिचय नम्बर
  • फोटो
  • राष्ट्रियता
  • हस्ताक्षर
  • चिप्स
 ४) राष्ट्रिय परिचयपत्र प्रणालीको उद्देश्य के हो ?
  • नेपाली नागरिकहरूको वैयक्तिक र जैविक विवरणहरूको केन्द्रीकृत रूपमा भन्डारण तथा अभिलेख गरी सबै नागरिकहरूलाई परिचय खुल्ने र नदोहरिने गरी बहुउपयोगी राष्ट्रिय परिचय नम्बर (Unique Digital Identification) प्रदान गर्ने।
  • नेपाली नागरिकहरूलाई राष्ट्रिय पहिचान सहितको बहुपयोगी बायोमेट्रिक स्मार्टकार्ड प्रदान गर्ने ।
  •  राष्ट्रिय परिचयपत्र प्रदान गर्न आवश्यक पर्ने पूर्वाधारहरू, नीति तथा कानूनहरूको तर्जुमा गर्ने ।
  • नेपाल सरकारबाट नेपाली नागरिकहरूलाई प्रदान गर्ने सेवा सुविधाहरूलाई राष्ट्रिय परिचयपत्र प्रणालीमा आवद्व गर्नुका साथै सो प्रणालीबाट प्राप्त हुने तथ्याङ्क तथा अभिलेखहरूलाई नीति तथा योजना निर्माणमा प्रयोग गर्ने । 
५) राष्ट्रिय परिचयपत्र पाउनका लागि कस्तो योग्यता चाहिन्छ र प्राप्त गर्न के गर्नुपर्छ ?
     राष्ट्रिय परिचयपत्र पाउनका लागि निम्न लिखित योग्यता चाहिन्छ –
  • १६ वर्ष उमेर पुरा भएको
  • नेपाली नागरिकताको प्रमाण- पत्र लिएको ।
  • परिचयपत्र प्राप्त गर्न योग्य व्यक्तिले राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले तोकेको निकाय वा अधिकारी समक्ष तोकिए बमोजिमको ढाँचामा निवेदन दिनु पर्छ । निवेदन दिँदा परिचयपत्र प्राप्त गर्न चाहने व्यक्तिले वा विभागले तोकेको निकाय वा अधिकारीलाई डिजिटल तस्विर, दुवै हातका १० औलाको रेखा सहितको डिजिटल ल्याप्चे छाप, हस्ताक्षर लगायतका व्यैक्तिक तथा जैविक विवरण उपलब्ध गराउनुपर्छ । 
६) राष्ट्रिय परिचयपत्रबाट नेपाली नागरिकलाई के फाइदा हुन्छ ?
     राष्ट्रिय परिचयपत्रलाई नागरिकहरूले निम्न प्रयोजनका लागि उपयोग गर्न सक्नेछन् -
  •  ब्यक्तिको राष्ट्रिय पहिचानपत्रको रूपमा ।
  •  मतदाता परिचयपत्रको रूपमा ।
  • सबै किसिमका सार्वजनिक सेवा प्राप्त गर्ने आधारको रुपमा ।
  •  सामाजिक सुरक्षा कार्डका रूपमा ।
  • सुरक्षा व्यवस्थापनको लागि सहयोगी अभिलेखका रूपमा ।
  • अन्य सार्वजनिक सेवा सँग राष्ट्रिय परिचयपत्र प्रणालीलाई आवद्ध गरेपछि सार्वजनिक सेवा प्रदायक निकायहरुले झन्झट रहित, छोटो समय र कम लागतमा सेवा प्रदान गर्ने सम्भव हुन्छ ।
७) राष्ट्रिय परिचयपत्रको प्रयोगकर्ता को को हुन सक्छन् ?
     निम्न ब्यक्तिहरूले राष्ट्रिय परिचयपत्रको प्रयोग गर्दछन् -
  • नेपाली नागरिकहरू
  • सेवा प्रदायक निकायहरु·
  • सुरक्षा अनुसन्धान र न्यायिक निकायहरु
  • कानूनले तोकेका अन्य व्यक्ति तथा संस्थाहरु 
८ ) राष्ट्रिय परिचयपत्र कहाँबाट वितरण गरिन्छ ?
  • सिंहदरबारमा रहेको राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागबाट परिचयपत्र तयार गरी प्रत्येक जिल्लामा जिल्ला प्रशासन कार्यालयहरूबाट वा राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले तोकेको स्थानबाट वितरण गरिन्छ । 
९) जैविक तथा वैयक्तिक पहिचान भनेको के हो ?
  • राष्ट्रिय परिचयपत्रको सन्दर्भमा जैविक पहिचान भन्नाले व्यक्तिको फोटो र दश औंलाको छाप (Finger Print) भन्ने वुझिन्छ । वैयक्तिक पहिचान अन्तर्गत व्यक्तिको नाम, थर, ठेगाना, उमेर, लिंग तथा त्यस्तै अन्य व्यक्तिगत विवरणहरू पर्दछन् । 
१०) चिप्स भनेको के हो र किन प्रयोग गरिन्छ ?
  • राष्ट्रिय परिचयपत्रको पृष्ठ भागमा राखिएको तथ्यांक सुरक्षित राख्ने विधुतिय साधन चिप्स हो । चिप्समा विभिन्‍न प्रकृतिका विवरण र तथ्यांकलाई पर्याप्त परिमाणमा संग्रह गरेर राख्न मिल्छ । यसमा राष्ट्रिय परिचयपत्रसँग सम्बन्धित विवरणको अतिरिक्त अन्य विवरणहरु जस्तै PAN, सवारी चालक अनुमतिपत्र (Driving license), गरीव परिचयपत्र सेमत राख्न सकिन्छ । 
११) राष्ट्रिय परिचयपत्रमा रहने व्यक्तिगत विवरणहरूको गोपनीयता कसरी सुनिश्चित
        गरिएको हुन्छ ?
  • आवश्यक परेको अवस्थामा सम्बन्धित व्यक्तिले आफ्नो विवरण उपयोग गर्न सक्दछ तर विभिन्न निकायले कानूनद्वारा तोकिए बमोजिम मात्र प्रयोग गर्न सक्ने गरी गोपनियता सुनिश्चित गरिएको हुन्छ ।
  • राष्ट्रिय परिचयपत्र प्रणालीमा रहेको विवरण कसले कुन प्रयोजनको लागि हेर्यो, सोको अभिलेखीकरण समेत प्रणालीले गर्ने व्यवस्था रहेको छ । 
१२) राष्ट्रिय परिचयपत्र हराएमा कसरी प्रतिलिपि लिन सकिन्छ ?
  • राष्ट्रिय परिचयपत्र हराएमा, नासिएमा वा झुत्रो भई काम नलाग्ने भएमा वा कुनै कारणबाट प्रयोगमा आउन नसक्ने भएमा सोको कारण सहित तोकिए बमोजिम स्थानीय निकायबाट सिफारिस गराई सम्बन्धित जिल्ला प्रशासन कार्यालय मार्फत विभाग समक्ष निवेदन दिएमा अभिलेख रूजु गरी प्रतिलिपीको रूपमा राष्ट्रिय परिचयपत्र उपलब्ध गराइन्छ । 
१३) नागरिकता नभएको व्यक्तिले कसरी परिचयपत्र पाउँदछन् ?
  • हाललाई नागरिकताको प्रमाणपत्र लिएर सोही आधारमा मात्र राष्ट्रिय परिचयपत्र प्राप्त गर्ने ब्यवस्था छ ।
 १४) राष्ट्रिय परिचय नम्बर भनेको के हो ?
  • प्रत्येक व्यक्तिको पहिचानलाई सजिलोसंग प्रस्तुत गर्न प्रयोग गरिएको सांकेतिक नम्वरलाई राष्ट्रिय परिचय नम्बर भनिन्छ । प्रत्येक ब्यक्तिलाई फरक-फरक रूपमा उपलब्ध गराइएको सांकेतिक अंक राष्ट्रिय परिचयपत्रमा राखिएको हुन्छ जसलाई Individual Unique Number पनि भनिन्छ । 
१५) राष्ट्रिय परिचयपत्र वितरणमा कुन कुन निकायको कस्तो भूमिका रहन्छ ?
  • राष्ट्रिय परिचयपत्रका लागि आवश्यक पर्ने विवरण संकलन गरी विभागमा पठाउने र विभागमा प्रशोधन भई निर्मित राष्ट्रिय परिचयपत्र वितरण गर्ने काम जिल्ला प्रशासन कार्यालयले तथा स्थानीय तहबाट गरिन्छ । राष्ट्रिय परिचयपत्रका लागि सिफारिश गर्ने तथा व्यक्तिगत घटना विवरणहरू (जन्म, मृत्यु, बसाइसराइ, विवाह, सम्बन्ध विच्छेद आदि) दर्ता गरी सो को विवरण विभागमा उपलब्ध गराउने कार्य स्थानीय तहबाट गरिन्छ । अन्य विभिन्न निकायले समेत यस कार्यमा सहयोग गर्न सक्दछन् । 
१६) राष्ट्रिय परिचयपत्र लागु भएपछि नागरिकता प्रमाण पत्रको प्रयोग कसरी गरिन्छ ?
  • नेपाली नागरिकता प्रमाणपत्र तथा राष्ट्रिय परिचयपत्र व्यवस्थापन सुचना प्रणाली दुवै संवैधानिक व्यवस्था भएकोले प्रचलित कानून अनुसार दुवैको उपयोग हुन्छ । हाल कानून अनुसार जारी गरिएका पहिचान कार्डहरु सम्बन्धित कानून अनुसार प्रयोग तथा उपयोग हुन सक्दछन् ।

Last Updated : 2083-02-20 15:19:24

© All Rights Reserved to District Administration Office, Pyuthan .