Government of Nepal Logo
नेपाल सरकार
गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय प्यूठान

मल्लरानी खलंगा

Visit Nepal 2020 - Ministry of Home Affairs

जिल्लाको नामाकरण
कर्कपेट्रिकका अनुसार प्रार्थना (पूरथाना) बाट अपभ्रंश हुँदै प्यूठान भएको, ह्यामिल्टनका अनुसार पुजुठानबाट प्यूठान, ओल्डफिल्डले प्रार्थनाबाट प्यूठान नाम रहन गएको र योगी नरहरिनाथका अनुसार प्लुथानबाट प्यूठान रहन गएको उल्लेख गरेका छन् । अर्थात प्रतिष्ठाना– प्यूठाना–पिउठाना हुँदै प्यूठान रहन गएको हो । पृथ्वीनारायण शाहले समय समयमा लेखेको पत्रहरुमा पिउठानी, पिउठाना भनी उल्लेख गरेको पाइन्छ । सुरक्षा सम्बन्धी शब्द पिउठ बस्ने ठाना भएकोले पिउठानाबाट अपभ्रंश भई पिउठान् नाम रहन गएको थियो भन्ने तर्क आम रुपमा बलियो छ ।

नेपालको मध्यपश्चिमाञ्चल विकास क्षेत्र अन्तर्गत रहेका पहाडी जिल्ला मध्ये प्यूठान एक हो । प्यूठान जिल्ला ८२.३०” पूर्वी देशान्तर तथा २७.५५” उत्तर आक्षांशमा पर्दछ । पवित्र धार्मिक स्थल रहेको स्वर्गद्वारी तपोभूमि प्यूठान जिल्लामै रहेको छ । यस जिल्लाको पूर्वमा अर्घाखाँची र गुल्मी, पश्चिममा रोल्पा र दाङ, उत्तरमा बाग्लुङ र रोल्पा तथा दक्षिणमा अर्घाखाँची र दाङ जिल्ला पर्दछन् । प्यूठान जिल्लाको भौगोलिक संरचना विषम्खालको भएकोले यहाँको हावापानी पनि भिन्दाभिन्दै खालको छ । तराईको हावापानीसँग मिल्ने खालको वांगेसालदेखि लिएर उच्च पहाडी भेगसँग मेलखाने हावापानी भएको स्याउलीवाङ पनि यसै जिल्लामा पर्दछ । यस जिल्लाको अधिकतम् तापक्रम ३२.५ डिग्री सेल्सियस सम्म रहेको छ । यो जिल्ला समुन्द्री सतहदेखि ३६५९ मिटरसम्मको उचाइमा अवस्थित छ । २०६८ सालमा गरिएको जनगणना अनुसार यस जिल्लाको कूल जनसंख्या २,२८,१०२ रहेकोमा १,२८०४९ महिला र १,००,०५३ पुरुष पर्दछ । परिवार संख्या ४७७३० रहेको छ । प्यूठान जिल्लाको जनसंख्या वृद्धिदर ०.७१ प्रतिशत रहेको छ ।
    पूर्व पश्चिम लोकमार्गदेखि सदरमुकाम खलंगासम्मको दूरी ६८ कि.मि. रहेको यस जिल्लाको मुख्य प्रवेशद्वार दाङको भालुवाङलाई मानिन्छ । यस जिल्लाको मध्यभागबाट बहने दुई ठूला नदीहरु झिमरुक र माडी नदीहरु मध्ये माडी नदी गहिरिएर बहेकोले यसको योगदान प्यूठानी कृषकहरुलाई दिन सकेको छैन भने झिमरुक नदीले आफ्नो दुवै किनारतर्फ समथर मलिला फाँटहरु निर्माण तथा सिंचित गर्दै उत्पादनमा ठूलो टेवा पु¥याएको छ । यस नदीलाई बरदानको रुपमा लिएका छन् प्यूठानका कृषकहरुले । त्यति मात्र नभएर झिमरुक अर्थात धर्मावती नदीले १२ मेघावाट विद्युत पनि उत्पादन गरेको छ ।
१. परिचय
    जिल्ला         ः     प्यूठान
    क्षेत्रफल     ः     १,३६५ वर्ग कि.मि.
    निर्वाचन क्षेत्र     ः     २ (क्षेत्र नं. १ र २)
    नगरपालिका     ः     १ (हालसालै मात्र नेपाल सरकारद्धारा घोषणा गरेको ७२ वटा नगरपालिका भित्रको प्यूठान नगरपालिका)
गाउँ विकास समितिको कार्यालय
    ४९ वटा गा.वि.स.मध्ये हालसालै नेपाल सरकारले ९ वटा स्थानीय तहमा परिमार्जन गरी २ वटा नगरपालिका र  ७ वटा गाउँपालीका रहेकाे र याे प्रदेश न‌‍. ५ अन्तर्गत रहेकाे ।
१.१. भौगोलिक अवस्थिति
प्यूठान जिल्ला मध्यपश्चिमाञ्चल विकास क्षेत्र अन्तर्गत राप्ती अञ्चलमा पर्ने एक पहाडी जिल्ला हो । २७ं ५२ं देखि २८ं २२ं अक्षांश र ८२ं ३६ं देखी ८२ं ०६ं देशान्तरमा अवस्थित यो जिल्ला विभिन्न धरातलीय बनावटले घेरिएर बनेको छ भने समुन्द्री सतहबाट ३०५ मिटरदेखि ३६५८ मिटरसम्मको उचाइमा रहेको छ । यस जिल्लाको कुल क्षेत्रफल १३२८९० हेक्टर रहेकोमा ७२६९४ हेक्टर वन, ४२७६६ हेक्टर कृषि, १२८९९ हेक्टर बुट्यान चरन र ४५३१ हेक्टर खोला नदी र अन्य क्षेत्रले ओगटेको छ ।
१.२. सिमाना (आन्तरिक) दूरी लम्बाई सहित
उत्तर तर्फ ः– वाग्लुङ्ग जिल्ला १७ कोष
पूर्व तर्फ ः– गुल्मी र अर्घाखाँची जिल्ला ६ कोष
पश्चिम तर्फ ः– रोल्पा र दाङ्ग जिल्ला स्वर्गद्धारीसम्म १३ कोष कोचिबाङ्गसम्म १० कोष  
दक्षिण तर्फ ः– दाङ्ग र अर्घाखाँची जिल्ला १७ कोष
    अन्तराष्ट्रिय सीमा नरहेको ।
    दशगजा क्षेत्र नरहेको ।
    अन्तराष्ट्रिय सीमासँग नजोडिएकाले बाँध, पुल, जंगल र आरक्षणहरू नरहेको ।
१.३. सडक
पूर्व पश्चिम राजमार्गबाट जिल्लाको सदरमुकाम जोड्ने भालुवाङ–खलङ्गाको बाटो जम्मा ६८ कि.मि. पक्की सडक रहेको तथा अन्य बाटोहरूमा बाग्दुल्ला–बहाने सडक खण्ड, खलङ्गा–सन्धिखर्क–सडक खण्ड, चेरनेटा–बरौला सडक खण्ड, बाग्दुल्ला–मच्छि सडक खण्ड आदि प्रमुख रहेका छन्् र सडक नपुगेको गा.वि.स. कोचिबाङ्ग रहेको ।