नेपाल सरकार
गृह मन्त्रालय
जिल्ला प्रशासन कार्यालय,
प्युठान


  जिल्ला प्रशासन कार्यालको परिचय :

जिल्ला प्रशासन कार्यालको परिचय :


             २००७ सालमा प्रजातन्त्रको प्रादुर्भाव पश्चात् चुस्त एव विकेन्द्रित प्रशासनको आवश्यकता महशुश गरी वडा हाकीमहरुको नियुक्ति गरेको पाइन्छ । सोही वखत काठमाडौ उपत्यका कमिश्नर मेजिष्ट्रेट ऐन, मधेश गोश्वरा ऐन, सामान्य प्रशासन र प्रहरी ऐनहरु निर्माण भएका थिए । यसै क्रममा गढी, गौडा र गोश्वाराको रुपमा गृह प्रशासनको कार्य संचालन भएको थियो । नेपालको संविधान २०१९ अनुसार नेपाललाई १४ अंचल, ७५ जिल्ला र ५ विकास क्षेत्रमा विभाजन गरियो । स्थानीय प्रशासनलाई विकेन्द्रित प्रशासन व्यवस्था अनुरुप संचालन गर्न तथा शान्ति र व्यवस्थालाई प्रभावकारी रुपमा संचालन गर्न स्थानीय प्रशासन ऐन, २०२८ लागू गरियो । उक्त ऐनको दफा ५ ले जिल्लाको सामान्य प्रशासन संचालन गर्न प्रत्येक जिल्लामा एउटा जिल्ला प्रशासन कार्यालय रहने व्यवस्था गरे अनुसार काठमाडौँ जिल्लामा पनि जिल्ला प्रशासन कार्यालयको स्थापना भएको हो । हाल यसको कार्यालय बबरमहलमा रहेको छ ।

जिल्ला प्रशासन कार्यालयको उद्देश्य :


             जिल्लामा शान्ति सुव्यवस्था र सुरक्षा कायम गरी जनताको जिउ, धनको संरक्षण गर्नु जिल्ला प्रशासन कार्यालयको प्रमुख उद्देश्य रही आएको छ । यसका साथै जिल्लामा नेपाल सरकारको प्रतिनिधिको रुपमा रही सार्वजनिक सेवा वितरण (Public Service Delivery) लाई प्रभावकारी बनाई सुशासनको प्रत्याभूति गर्ने समेतका उद्देश्यहरु रहेका छन् ।

जिल्ला प्रशासन कार्यालयको काम, कर्तव्य र अधिकार :

  • जिल्लामा शान्ति व्यवस्था र सुरक्षा कायम राख्ने;
  •  आन्तरिक सुरक्षासम्बन्धी नीति, योजना तथा स्थानीय स्तरमा कार्यक्रमको कार्यान्वयन;
  • हातहतियार र खरखजानाको इजाजत सम्बन्धी सिफारिस र नियन्त्रण; विस्फोटक पदार्थ सिफारिस र नियमन;
  • विदेशी नागरिकको जिल्लामा उपस्थिति र गतिविधिको नियमण;
  • सवारी साधन सञ्चालन सम्बन्धी कानूनको कार्यान्वयन;
  • गैरसरकारीसङ्घ, संस्था दर्ता, नवीकरण र नियमन;
  • स्थानीय प्रशासनको सञ्चालन;
  • नागरिकता वितरण;
  • बाल कल्याण तथा बाल अधिकारको संरक्षण;
  • भ्रष्टाचार नियन्त्रण;
  • कार्यालय निरीक्षण तथा अनुगमनस;
  • कल्याण धन र बेवारिसी धनको व्यवस्थापन;
  • चिठ्ठा, जुवा आदिको नियन्त्रण;
  • सार्वजनिक स्थानमा अवाञ्छनीय व्यवहारको रोकथाम, मादक पदार्थ, सार्वजनिक अपराध आदिको नियन्त्रण;
  • विपद् व्यवस्थापन;
  • जिल्ला स्तरमा सार्वजनिक उत्सव;
  • मुआब्जा निर्धारण तथा वितरण;
  • पुरस्कार तथा सजाय सम्बन्धी कारवाही र सिफारिस;
  • जिल्ला भित्र रहेको नेपाल सरकारको सबै सम्पत्तीको रेखदेख, सम्भार तथा मर्मत गर्ने गराउने;
  • राहदानी वितरण
  • लागू औषध नियन्त्रण र प्रशासन;
  • जिल्ला स्थित कारागारको व्यवस्थापन;
  • जिल्ला भित्र बजार अनुगमन, नियमन तथा नियन्त्रण;
  • द्वन्द् प्रभावितको पहिचान तथा राहत वितरण
  • विवाह दर्ता;
  • नाता प्रमाणित;
  • निर्वाचन सम्बन्धी गृह मन्त्रालय र निर्वाचन आयोगको आदेश निर्देशन कार्यान्वयन;
  • जिल्ला स्तरमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको परिचालन र प्रयोग;
  • राष्ट्रिय अनुसन्धानसँगको समन्वय सूचना सङ्कलन र विश्लेषण;
  • जिल्लामा सञ्चालित विकास निर्माण कार्यामा सहयोग र समन्वय।
  • कानून बमोजिम तोकिए अनुसार विभिन्न मुद्दाको सुरु कारवाही र किनारा गर्ने ।
  • सरकारी वा सार्वजनिक जग्गामा घर बनाएमा रोक्का गर्ने र भत्काउने ।
  • जिल्ला भित्रको सार्वजनिक पार्टी, पौवा, धारा, कुवा, सत्तल, मन्दिर, धर्मशाला आदिको लगत राख्ने । 
  • भारतीय सेनामा कार्य गरी निवृत भएका व्यक्ति तथा तिनीहरुको परिवारको नाम थर उमेर फरक परेको विषयमा शिफारीश लगाएत अन्य शिफारीश सम्बन्धी कार्य गर्ने ।
  • नावालक परिचयपत्र

 

प्यूठान जिल्लाकाे सामान्य परिचय

जिल्लाको नामाकरण
कर्कपेट्रिकका अनुसार प्रार्थना (पूरथाना) बाट अपभ्रंश हुँदै प्यूठान भएको, ह्यामिल्टनका अनुसार पुजुठानबाट प्यूठान, ओल्डफिल्डले प्रार्थनाबाट प्यूठान नाम रहन गएको र योगी नरहरिनाथका अनुसार प्लुथानबाट प्यूठान रहन गएको उल्लेख गरेका छन् । अर्थात प्रतिष्ठाना– प्यूठाना–पिउठाना हुँदै प्यूठान रहन गएको हो । पृथ्वीनारायण शाहले समय समयमा लेखेको पत्रहरुमा पिउठानी, पिउठाना भनी उल्लेख गरेको पाइन्छ । सुरक्षा सम्बन्धी शब्द पिउठ बस्ने ठाना भएकोले पिउठानाबाट अपभ्रंश भई पिउठान् नाम रहन गएको थियो भन्ने तर्क आम रुपमा बलियो छ ।

नेपालको मध्यपश्चिमाञ्चल विकास क्षेत्र अन्तर्गत रहेका पहाडी जिल्ला मध्ये प्यूठान एक हो । प्यूठान जिल्ला ८२.३०” पूर्वी देशान्तर तथा २७.५५” उत्तर आक्षांशमा पर्दछ । पवित्र धार्मिक स्थल रहेको स्वर्गद्वारी तपोभूमि प्यूठान जिल्लामै रहेको छ । यस जिल्लाको पूर्वमा अर्घाखाँची र गुल्मी, पश्चिममा रोल्पा र दाङ, उत्तरमा बाग्लुङ र रोल्पा तथा दक्षिणमा अर्घाखाँची र दाङ जिल्ला पर्दछन् । प्यूठान जिल्लाको भौगोलिक संरचना विषम्खालको भएकोले यहाँको हावापानी पनि भिन्दाभिन्दै खालको छ । तराईको हावापानीसँग मिल्ने खालको वांगेसालदेखि लिएर उच्च पहाडी भेगसँग मेलखाने हावापानी भएको स्याउलीवाङ पनि यसै जिल्लामा पर्दछ । यस जिल्लाको अधिकतम् तापक्रम ३२.५ डिग्री सेल्सियस सम्म रहेको छ । यो जिल्ला समुन्द्री सतहदेखि ३६५९ मिटरसम्मको उचाइमा अवस्थित छ । २०६८ सालमा गरिएको जनगणना अनुसार यस जिल्लाको कूल जनसंख्या २,२८,१०२ रहेकोमा १,२८०४९ महिला र १,००,०५३ पुरुष पर्दछ । परिवार संख्या ४७७३० रहेको छ । प्यूठान जिल्लाको जनसंख्या वृद्धिदर ०.७१ प्रतिशत रहेको छ ।
    पूर्व पश्चिम लोकमार्गदेखि सदरमुकाम खलंगासम्मको दूरी ६८ कि.मि. रहेको यस जिल्लाको मुख्य प्रवेशद्वार दाङको भालुवाङलाई मानिन्छ । यस जिल्लाको मध्यभागबाट बहने दुई ठूला नदीहरु झिमरुक र माडी नदीहरु मध्ये माडी नदी गहिरिएर बहेकोले यसको योगदान प्यूठानी कृषकहरुलाई दिन सकेको छैन भने झिमरुक नदीले आफ्नो दुवै किनारतर्फ समथर मलिला फाँटहरु निर्माण तथा सिंचित गर्दै उत्पादनमा ठूलो टेवा पु¥याएको छ । यस नदीलाई बरदानको रुपमा लिएका छन् प्यूठानका कृषकहरुले । त्यति मात्र नभएर झिमरुक अर्थात धर्मावती नदीले १२ मेघावाट विद्युत पनि उत्पादन गरेको छ ।
१. परिचय
    जिल्ला         ः     प्यूठान
    क्षेत्रफल     ः     १,३६५ वर्ग कि.मि.
    निर्वाचन क्षेत्र     ः     २ (क्षेत्र नं. १ र २)
    नगरपालिका     ः     १ (हालसालै मात्र नेपाल सरकारद्धारा घोषणा गरेको ७२ वटा नगरपालिका भित्रको प्यूठान नगरपालिका)
गाउँ विकास समितिको कार्यालय
    ४९ वटा गा.वि.स.मध्ये हालसालै नेपाल सरकारले ९ वटा स्थानीय तहमा परिमार्जन गरी १ वटा नगरपालिका र  ८ वटा गाउँपालीका रहेकाे र याे पंदेश न‌‍. ५ अन्तर्गत रहेकाे ।
१.१. भौगोलिक अवस्थिति
प्यूठान जिल्ला मध्यपश्चिमाञ्चल विकास क्षेत्र अन्तर्गत राप्ती अञ्चलमा पर्ने एक पहाडी जिल्ला हो । २७ं ५२ं देखि २८ं २२ं अक्षांश र ८२ं ३६ं देखी ८२ं ०६ं देशान्तरमा अवस्थित यो जिल्ला विभिन्न धरातलीय बनावटले घेरिएर बनेको छ भने समुन्द्री सतहबाट ३०५ मिटरदेखि ३६५८ मिटरसम्मको उचाइमा रहेको छ । यस जिल्लाको कुल क्षेत्रफल १३२८९० हेक्टर रहेकोमा ७२६९४ हेक्टर वन, ४२७६६ हेक्टर कृषि, १२८९९ हेक्टर बुट्यान चरन र ४५३१ हेक्टर खोला नदी र अन्य क्षेत्रले ओगटेको छ ।
१.२. सिमाना (आन्तरिक) दूरी लम्बाई सहित
उत्तर तर्फ ः– वाग्लुङ्ग जिल्ला १७ कोष
पूर्व तर्फ ः– गुल्मी र अर्घाखाँची जिल्ला ६ कोष
पश्चिम तर्फ ः– रोल्पा र दाङ्ग जिल्ला स्वर्गद्धारीसम्म १३ कोष कोचिबाङ्गसम्म १० कोष  
दक्षिण तर्फ ः– दाङ्ग र अर्घाखाँची जिल्ला १७ कोष
    अन्तराष्ट्रिय सीमा नरहेको ।
    दशगजा क्षेत्र नरहेको ।
    अन्तराष्ट्रिय सीमासँग नजोडिएकाले बाँध, पुल, जंगल र आरक्षणहरू नरहेको ।
१.३. सडक
पूर्व पश्चिम राजमार्गबाट जिल्लाको सदरमुकाम जोड्ने भालुवाङ–खलङ्गाको बाटो जम्मा ६८ कि.मि. पक्की सडक रहेको तथा अन्य बाटोहरूमा बाग्दुल्ला–बहाने सडक खण्ड, खलङ्गा–सन्धिखर्क–सडक खण्ड, चेरनेटा–बरौला सडक खण्ड, बाग्दुल्ला–मच्छि सडक खण्ड आदि प्रमुख रहेका छन्् र सडक नपुगेको गा.वि.स. कोचिबाङ्ग रहेको ।

 

  • (MRP) राहदानी वितरण सम्वन्धी सुचना २०७५-२-३०

    २०७५  बैशाख २६ गते सम्मकाे   (MRP) राहदानी तयार भई यस कार्यालयमा आइसकेको व्यहोरा जानकारी गराइन्छ । साथै राहदानी लिन आउँदा १ प्रति फोटो, नागरिकता र नगदी रसिद साथमा लिएर स्वयम  व्यक्ति अाउनुहुन अनुरोध छ ।

  • विपद् व्यवस्थापन व्यक्तिहरुको नाम २०७५-२-९

  • राहादानी (MRP) वितरण सम्बन्धी २०७५-१-५

    २०७४ चैत २७ गते सम्मकाे  एमआरपी राहदानी तयार भई यस कार्यालयमा आइसकेको व्यहोरा जानकारी गराइन्छ । साथै राहदानी लिन आउँदा १ प्रति फोटो, नागरिकता र नगदी रसिद साथमा लिएर आउनुहुन अनुरोध छ ।

  • नागरिकता वितरण २०७५-१-५

    प्यूठान जिल्लावासीलाई सहज र सरल ढङ्गबाट नजिकै घरदैलोमा गएर सेवा प्रदान गर्ने उद्देश्यले यही चैत २५,२६ तथा २९,३० गते जिल्लाका विभिन्न क्षेत्रमा एकीकृत घुम्ती शिविर सञ्चालन गरी नौबहिनी गाउँपालिका बाहानेमा २०० जना र गौमुखी गाउँपालिकाको ठुलाबेशीमा   २६० जना गरी जम्मा ४६० जनालाई नागरिकता वितरण गिरिएको जानकारी गराउँद्छौँ ।  

  • नागरिकता टाेली २०७४-१२-२२

               प्युठान जिल्लावासीलाई सहज र सरल ढङ्गबाट नजिकै घरदैलोमा गएर सेवा प्रदान गर्ने उद्देश्यले यही चैत २५,२६ तथा २९,३० गते जिल्लाका विभिन्न क्षेत्रमा एकीकृत घुम्ती शिविर सञ्चालन गर्न लागेको सूचना सम्बन्धित सबैमा जानकारी गराइन्छ। हुने स्थान : नाैबहिनीको गाउँपालिकाकाे बाहानेमा  मिति :२०७४।१२।२५ र २६ गते गाै‌मुखीको गाउँपालिकाकाे ठुलाबेशीमा   मिति : २०७४।१२।२९ र ३० गते

  • (MRP) राहदानी वितरण सम्वन्धी सुचना २०७५-२-३०

    २०७५  बैशाख २६ गते सम्मकाे   (MRP) राहदानी तयार भई यस कार्यालयमा आइसकेको व्यहोरा जानकारी गराइन्छ । साथै राहदानी लिन आउँदा १ प्रति फोटो, नागरिकता र नगदी रसिद साथमा लिएर स्वयम  व्यक्ति अाउनुहुन अनुरोध छ ।

  • राहादानी (MRP) वितरण सम्बन्धी २०७५-१-४

    राहादानी (MRP) वितरण सम्बन्धी २०७४ चैत १३ गते सम्मकाे  एमआरपी राहदानी तयार भई यस कार्यालयमा आइसकेको व्यहोरा जानकारी गराइन्छ । साथै राहदानी लिन आउँदा १ प्रति फोटो, नागरिकता र नगदी रसिद साथमा लिएर आउनुहुन अनुरोध छ ।

  • परिपत्र २०७४-५-१

    निजामती सेवा दिवस २०७४ को सन्दर्भमा “संघियताको कार्यान्वयनमा निजामती सेवाको भुमिका” विषयक निजामती सेवामा कार्यरत सवै तहका कर्मचारी सहभागी हुनेगरी निवन्ध प्रतियोगिता हुने भएकोले मिति २०७४/०५/०८ गते साँझ ५ बजे भित्र यस कार्यालयमा आइपुग्ने गरी संवद्ध निकाय, मातहत विभाग र कार्यालय एवं कर्मचारीहरुलाई जानकारी गराईदिन अनुरोध छ भनी प्रधान मन्त्री तथा मन्त्रीपरिषदको कार्यालय सामान्य प्रशासन शाखाको च.नं. ५६९ मिति २०७४/०४/२६ को पत्रले क्षेत्रीय प्रशासन कार्यालय म.प. सुर्खेतको च.नं. ११२ मिति २०७४/०४/३१ को पत्रवाट अनुरोध भै आएको व्यहोरा संवन्धित सवैका लागि जानकारी गराइन्छ ।

  • राहदानी २०७३-१०-१८

    २०७३–१०–१८ २०७३ पौष ०५ सम्मको एमआरपी राहदानी तयार भै यस कार्यालयमा आइसकेको व्यहोरा जानकारी गराइन्छ । साथै राहदानी लिन आउँदा १ प्रति फोटो, नागरिकता,नगदी रसिद बैंक भौचर साथमा लिएर आउनु हुन अनुरोध छ । 

  • एकीकृत घुम्ती सेवा शिविर सञ्चालन गरिएको बारे २०७३-१०-१८

    २०७३–१०–१८ गत श्रावण १० र ११ गतेको भिषण वर्षवाट प्रभावित फोप्ली, लुङ, डामृ, लिघा, खवाङ र स्याउलिवाङ सहितका ६ गा.वि.स.को केन्द्रविन्दु बाहाने बजारमा मिति २०७३–१०–१५ र १६ गते संचालित एकीकृत घुम्ती सेवा शिविरमा संवद्ध सरकारी निकायबाट प्रदान गरिएको सेवाको विवरणः– मिति २०७३–१०–१५ र १६ गते संचालित एकीकृत घुम्ती सेवा शिवीर १) जिल्ला प्रशासन कार्यालय, प्यूठानबाट वितरण गरेको नागरिकता  संख्याः– ५०१ २) जिल्ला कृषि विकास कार्यालय,प्यूठानबाट उपलब्ध गराइएका सेवाहरुः– क. तरकारी विउ (सिमि, वोडी, करेला, लौका, चिचिन्डा, भिन्टी, सुईस च्याउ, काक्रो)  जम्मा ७०४ जना कृषकहरुलाई वितरण गरेको । ३) जिल्ला स्वास्थ्य कार्यालय, प्यूठानबाट उपलब्ध गराइएका स्वास्थ्य सम्बन्धी सेवाहरुः– क) स्वास प्रस्वास…

  • Passport २०७३-४-२४

    २०७३ आषाढ मसान्तसम्मको एमआरपी राहदानी तयार भई यस कार्यालयमा आइसकेको व्यहोरा जानकारी गराइन्छ । साथै राहदानी लिन आउँदा १ प्रति फोटो, नागरिकता र नगदी रसिद साथमा लिएर आउनुहुन अनुरोध छ ।

  • राहदानी दस्तुर सम्बन्धमा २०७३-३-२

    राहदानी बापतको राजश्व बुझाउने सम्बन्धमा, नयां राहदानी वनाउनेहरुको लागि रु ५,०००।– र हराएको खण्डमा रु १०,०००।– जिल्ला प्रशासन कार्यालय प्यूठानवाट नगदी रसिद मार्फत रकम बुझाउँदै आएकोमा अव उपरान्त आ.व. ०७३।७४ अर्थात मिति २०७३।०४।०१ गते देखि नेपाल बैंक लिमिटेड प्यूठान खलंगामा रहेको कोष तथा लेखा नियन्त्रक कार्यालयको खातामा जम्मा भएको राजश्व भौचर २ (दुई) प्रति पेश गर्नु हुन सम्बन्धीत सवै सेवाग्राहीहरुको लागि सूचना गरिएको छ । 

  • नागरिक बडापत्र २०७३-३-२

     मिति २०७३।०३।०२ गतेका दिनदेखि पढ्न लेख्न नसक्ने सेवाग्राीहरुका लागि यस कार्यालयको कामकारवाही सम्बन्धी सम्पूर्ण कुरा समावेश गरिएको आवाजको माध्यमवाट बोल्ने सुन्ने नागरिक बडा पत्रको सुरुवात गरिएको छ । सो बडापत्र सुनी लाभ लिनु हुन सवै सरोकारवालाहरुमा अनुरोध छ । 

  • सहायता कक्ष (Help Desk) को स्थापना २०७३-२-२३

    मिति २०७३।०२।२३ गतेका दिनदेखि यस कार्यालयमा सेवाग्राहीलाई थप सहयोगको लागि सहायता कक्ष (Help Desk) को स्थापना भइसकेको छ । उक्त सहायता कक्षबाट आफूले नजानेका काम कारवाही बारे बुझ्न सकिने व्यहोरा जानकारी गराउँदछौँ ।



© सर्वाधिकार सुरक्षित गृह मन्त्रालय